विक्कीसँग अंकिताको विवाह

काठमाडौं । कलाकार अंकिता लोखन्डे वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले आफ्ना प्रेमी विक्की जैनसँग बिहे गरेकी हुन् । विवाहपछि सामाजिक संजालमा तस्वीर शेयर गर्दै अंकिताले आफू मिसेस जैन भएको उल्लेख गरेकी छन् ।
उनले लेखेकी छन्, ‘प्रेम धैर्यता हो, तर हामी होइनौं । सरप्राइज । अब हामी औपचारिक रुपमा नै मिस्टर एण्ड मिसेस जैन भएका छौं ।’
अंकिताले बिहेपछि रिसेप्सन पार्टीको आयोजना गरेकी थिइन् । उनको पार्टीमा टेलिभिजन दुनियाँसँग जोडिएका थुप्रै कलाकार उपस्थित थिए ।
अंकिता र विक्की केही समयदेखि प्रेम सम्बन्धमा थिए । अभिनेता सुशान्त राजपुतसँग ६ वर्ष लामो प्रेम सम्बन्धमा रहेकी अंकिता ब्रेकअपपछि विक्कीसँग जोडिएकी थिइन् ।अंकिताले बिहे गरेपछि भने सुशान्तका फ्यानहरु असन्तुष्ट देखिएका छन् ।