तरुणदलका पुर्ब उपाध्यक्ष कमल बहादुर शाहद्धारा केन्द्रीय सदस्यमा उम्मेदारी घोषणा

लम्की,१३मंसिर।नेपाल तरुणदलका पुर्ब उपाध्यक्ष युवा नेता कमल बहादुर शाहले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदारी घोषणा गरेका छन् ।आफ्नै गृहजिल्लाको आफ्नै निर्बाचन क्षेत्र कैलालीको लम्कीमा आज पत्रकार सम्मेलन गदै नेता शाहले केन्द्रीय सदस्य पदको लागि उम्मेदारी घोषणा गरेका हुन् । निति र नेतृत्वमा हाम्रो प्रबेश, शसक्त कांग्रेस समृद्ध देश भन्ने मूल नाराका साथ आफुले १४ औं महाधिबेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदारी दिने शाहले बताएका छन् ।
आफु विद्यार्थि कालखण्ड देखि नेपाल विद्यार्थि संघ, नेपाल तरुणदलको बिभिन्न बिभागमा रहेर काम गरीसकेको र ९ औं महाधिबेशन देखि पार्टीको महाधिबेशन, महासमिति सदस्य भएर काम गरी रहेको बताउदै नेपाली कांग्रेसलाई शसक्त कांग्रेस बनाउन १४ औं महाधिबेशनमा आफुले केन्द्रीय सदस्यको उम्मेदवारी दिएको उनको भनाई छ । देशलाई सहि दिशामा डोर्याउन आगामी निर्बाचनमा नेपाली कांग्रेसको नेतृत्व आवश्यक भएको र कांग्रेसलाई बलियो र जनमुखि बनाउन नेतृत्वमा युवाको उपस्थिती आवश्यक रहेको शाहले बताए । केन्द्रीय सदस्यमा विजयी भए कांग्रेसलाई जनमुखि, संगठित, ब्यवस्थीत बनाउने अभियान अगाडी बढाउने बताउदै नेता शाहले अहिलेको नेतृत्वमा युवाको सहभागिताका आवश्यक रहेको औल्याए ।
विद्यार्थि जिवनकाल देखि नेपाली कांग्रेसको राजनितिकमा सक्रिय शाह २०४४ सालमा नेपाल विद्यार्थि संघमा आबद्ध भएर देशमा बहुदलिय ब्यवस्थाको लागि संघर्ष शुरु गरेका थिए । केन्द्रीय सदस्यका उम्मेदार शाहले २०४६ साल देखि २०५२ साल सम्म नेपाल विद्यार्थि संघको क्याम्पस इकाई समिति सदस्य, जिल्ला कार्य समिति सदस्य र महाधिबेशन प्रतिनिधि भएर काम गरी सकेका छन् । उनले २०५४ साल देखि २०६८ साल सम्म नेपाल तरुणदलको केन्द्रीय खेलकुद बिभाग सदस्य, केन्द्रीय कोषाध्यक्ष, केन्द्रीय सचिव र केन्द्रीय उपाध्यक्षको पदमा रहि बिभिन्न जिम्मेवारी निर्बाह गरेका थिए । २०५३ साल देखि हाल सम्म पार्टीको ९ औं, १० औं, ११ औं, १२ औं र १३ औं महाधिबेशनमा महाधिबेशन प्रतिनिधि र महासमिति सदस्यको भुमिकामा रहि बिभिन्न जिम्मेवारी निर्बाह गरी गरी सकेका छन् । संबिधान सभाको दोस्रो निर्बाचन २०७० सालमा कैलाली क्षेत्र नम्बर २ बाट संभासदको प्रत्यक्ष तर्फको उम्मेदार समेत रहनु भएका शाह २०४६ साल र २०६२र०६३ को जनआन्दोलमा पटक पटक गरि ४ महिना जेलजिवन बिताई सकेका छन् । २०५२ साल देखि २०६२ साल सम्म चलेको माओबादीको शसस्त्रदोन्द्ध कालमा समेत नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर १ र २ लाई क्रियाशिल र जिवन्त राख्न, संगठन बचाउन आफ्नु ज्यानको समेत प्रबाह नगरी लागेका एक शसक्त युवा कमल बहादुर शाह जनतामाझ समेत जनप्रिय नेताका रुपमा चिनिन्छन् ।