डोटी। डोटीका ग्रामीण क्षेत्रका किशोर किशोरीलाई रुपान्तरण तालिम द्वारा जनचेतना फैलाउन थालियको छ । बडिकेदार गाउँपालिकाको वडा न २ बर्छैन का किशोर किशोरी हरुलाइ तालिम द्वारा जनचेतना फैलाउन लागीएको हो । एफएम डिसि कैलाली को र सामुदायिक रेडियो बडिकेदारको सहकार्यमा युनिसेफको सहयोगमा तालिम दिइएको हो। विशेष गरि किसोर किसोरिहरुका सवाल सम्बन्धि रहेर कोभिड अस्पतालकि स्वास्थ्यकर्मी जानकी क्षेत्रीले प्रशिक्षण दिनुभयो । किसोर , किसोरिहरुमा हुने शारिरिक, मानसिक र बौद्धिक बिकासका बारेमा उक्त तालिमकी प्रशिक्षिका जानकी क्षेत्रीले सहभागिहरुलाइ प्रशिक्षिण दिनु भयो । उक्त रुपान्तरण तालिममा २० जना किशोरि र १० जना किशोर सहभागी थिए । स्वास्थ मापदण्ड पालना गरेर सामुदायिक रेडियो बडिकेदारको प्राङ्गणमा तालिम सप्पन्न गरिएको थियोे ।