धनगढी,२१ जेठ।पब्लिक क्याम्पस संघ सूदुरपस्चिम प्रदेश समितिले सामाजिक बिकास मन्त्रीलाई माग पत्र बुझाएको छ।सामुदायिक क्याम्पसहरुको समस्या दर्शाउदै आउदो बजेटबाट समाधानका लागि माग पत्र बुझाएको हो।उक्त कार्यक्रममा सुदुरपश्चिम प्रदेशका जम्मा ४२ वटा सामुदायिक क्याम्पसहरु मध्ये ९ वटा क्याम्पसका क्याम्पस प्रमुख र केहि प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
सामुदायिक क्याम्पसहरुमा आवस्यकता र मापदण्डका आधारमा निशर्त क्याम्पस संचालनका लागि प्रतिबर्ष अनुदान सहयोग लगायतका माग रहेको थियो ।बर्तमान निरन्तर २ बर्षको कोभिड-१९ को महामारीका कारण सामुदायिक क्याम्पस धराशायी भएकाले क्याम्पसहरुलाई पुनः साबिक अवस्थामा फर्काउनका लागि बर्तमान अवास्थामा प्रतक्ष्य शिक्षण गर्न नसकिने हुदा बैकल्पिक विधिवाट कक्षा संचालन गर्न कम्प्युटर इन्टरनेटको व्यवस्था गर्न राहत माग गरिएको हो।
विश्वविद्यालय अनुदान आयोग (UGC)ले देश भरिका सामुदायिक क्याम्पसहरुलाई प्रत्येक बर्ष सन्चालन खर्च बापत केहि रकम नियमित अनुदान दिने गर्दछ।सोहि अनुसार प्रदेश सरकारले आफ्नो प्रदेश भित्रका सामुदायिक क्याम्पसहरुलाई संचालन खर्च व्यवस्थापनका निम्ति अनुरोध गरिएको फूलवारी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख यम पौडेलले बताए।
उक्त कार्यक्रममा उच्च शिक्षाका लागि आफु निरन्तर लाग्ने र सकेसम्म यहि आर्थिक बर्षमा केहि नितिगत ब्यबस्था गर्न सामाजिक बिकास मन्त्रि लाल बहादुर खड्काले प्रतिबद्वता ब्यक्त गरे ।उनले भने,‘नजिक भएको संचालनमा समस्या भएका क्याम्पसहरुलाई सरोकारवालाहरु सङ छलफल गरेर मर्ज गर्नुपर्छ।’
सामुदायिक क्यामपसको भोगचलनका आधारमा स्वामित्व कायम गरि जग्गा धनि प्रमाण पुर्जा समेत उपलब्ध गराउनु पर्ने पत्रमा लेखिएको छ।स्थानीय सरकारको न्युन सहयोगका कारण सामुदायिक क्यापसहरु अस्तित्वमा आउन नसकेको कुरा समेत उल्लेख गरिएको छ।उक्त माग पत्र बुझाउने कार्यक्रममा कोभिडका कारण नजिक भएका क्याम्पसका क्याम्पस प्रमुख र प्रतिनिधिहरुको मात्र सहभागिता रहेको थियो ।