काठमाडौं ,१० जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका एमालेको खनाल–नेपाल समूहका २६ सांसदमध्ये २३ सांसदले मात्रै सर्वोच्चमा दायर गर्न लागिएको रिटमा हस्ताक्षर गरेका हुन् ।
देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदहरु गोकर्ण विष्ट,गणेश पहाडी र पवित्रा निरौलाले भने देउवालाई प्रधानमन्त्री बनाउने माग र संसद् पुन:स्थापनाका लागि माग गर्दै दायर गर्न लागेको रिटमा हस्ताक्षर गरेका छैनन् ।
विष्ट गुल्मीका, पहाडी सिन्धुलीका र निरौला झापाकी सांसद हुन् । उनीहरुसहित १४९ सांसदको हस्ताक्षर राष्ट्रपतिलाई बुझाइएको थियो ।