धनगढी,१० जेठ ।नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा विघटन गर्ने सरकारी निर्णय विरुद्धको रिटमा २३ जनाभन्दा बढी सांसदले हस्ताक्षर गरेको जनाएको छ ।
रिट दर्ताको समयसम्ममा संख्या बढ्ने नेताहरूले बताएका छन् ।
आइतवार २१ जना सांसदले हस्ताक्षर गरेको र सोमवार नारायण खतिवडा र दीपकप्रकाश भट्टले हस्ताक्षर गरेका छन् ।
नेपाल पक्षीय नेता सोमप्रसाद पाण्डेले सदस्यहरू हस्ताक्षर गर्न आउने क्रम जारी रहेको बताए । संसद सचिवालय सिंहदरबारमा माधव पक्षीय निवर्तमान सांसद निरुदेवी जैरुले ३० जनाको हस्ताक्षर संकलन भइसकेको दाबी गरिन् ।
संविधानको धारा ७६(५) को प्रधानमन्त्री दाबी गरिएका १४९ जनाको हस्ताक्षर सदर गर्नुपर्ने तथा गैरसंवैधानिक ढंगले गरिएको प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित विपक्षी गठबन्धनले सोमवार सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्दैछ ।
यी हुन् हस्ताक्षर गरेका माधव पक्षका सांसदहरू –
१ विरोध खतिवडा
२ जीवनराम श्रेष्ठ
३ घनश्याम भुसाल
४ सोमप्रसाद पाण्डे
५ कृष्णलाल महर्जन
६ झपट रावल
७ निरादेवी जैरू
८ सरलाकुमारी यादव
९ कल्याणी खड्का
१० लक्ष्मी चौधरी
११ माधव नेपाल
१२ भीम रावल
१३ कलिला खातुन
१४ रामकुमारी झाँक्री
१५ झलनाथ खनाल
१६ पुष्पा कर्ण कायस्थ
१७ भवानीप्रसाद खापुङ
१८ यज्ञ सुनुवार
१९ सुरेन्द्र पाण्डे
२० मुकुन्द न्यौपाने
२१ मेटमणि चौधरी
२२ दीपकप्रकाश भट्ट
२३ नारायण खतिवडा