धनगढी,०८ जेठ । टपकेयर पोलिक्लिनिक फूलवारीले हसुलिया शाखाको उद्घाटन गरेको छ । कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चैधरीले शाखाको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले कैलारी गाउँपालिकामा पहिलो पटक डाक्टर सहितको सेवा बिस्तार गरेकोमा खुसी ब्यक्त गरेका छन् ।
पोलिक्निकले कैलारीबासीलाई गुगस्तरीय स्वास्थ्य सेवादिनेमा आफु बिस्वस्त रहेको समेत चौधरीले बताए । पोलिक्नििकलाई गाउँपालिको तर्फवाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्याक्त गरेका छन् । पोलिक्लिनकले २४सै घण्टा एमबिबएस डाक्टर सहित बिषेशज्ञ सेवा फूलवारीवाट दिदै आएकोमा अब हसुलिया शाखावाट पनि चिकित्सकिय सेवा प्रदान गर्ने संचालकहरुले जानकारी दिएका छन् । हसुलिय शाखावाट २४सै घन्टा इमर्जेन्सी सेवा, भिडियो एक्सरे, एक्सरे,ईसीजी, आधुनिक प्रयोगशाला लागायतका सेवाहरु दिईने बताईएको छ ।
शाखाबाट बिरामीहरुलाई एक महिनासम्म प्रयोगशालामा १० प्रतिशत छुट दिईने बताईएको छ । ग्रामिण क्षेत्रमा चिकित्सकिय सेवा प्रदान गर्ने उदेश्यले करिव एक वर्ष अघि धनगढीको फूलवारीमा पोलिक्निक संचालन भएको थियो । स्वास्थ्य क्षेत्रमा क्रियाशिल युवाहरु हरिश बोहरा, महेन्द्र साउद, नरेन्द्र कुवँर र स्थानिय कृतबहादुर बिष्टको संयुक्त लगानिमा पेलिक्लिनिक संचालन गरिएको छ ।