धनगढी,१३चैत। टपकेयर पोलिक्लिनिक फूलवारीले निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । कैलालीको फूलवारीमा रहेको पोलिक्लिनिक प्रा.लीले धनगढी–१४ स्थित शिवशंकर आधारभूत बिद्यालयसंगको सहकार्यमा शिविर सम्मपन्न गरेको हो । पोलिक्लिनिकले ग्रामिण क्षेत्रमै पुगेर चिकित्सकिय सेवाप्रदान गर्दा स्वास्थ्य सेवामा पहुँच नभएका ग्रामिण जनताले राहत महशुस गरेकोे शिवशंकर आधारभूत बिद्यालयका प्रधानाध्यापक लक्षमीराज ओझाले बताए ।
शिविरमा बिद्यार्थी लगायत स्थानिय एकसय पचास जनाको निशुल्क स्वास्थ्य जाँच गरीनुका साथै औषधी समेत वितरण गरिएको प्रा.लीका संचालक हरिश वोहराले जानकरी दिए ।
शिविरमा पोलिक्लिनिकमा कार्यरत जनरल फिजियन डाक्टर सुरज दाहलको नेतृत्वमा ८ जना स्वास्थ्य कर्मीहरुले स्वास्थ्य सेवा प्रदान गरेको वोहराले जानकरी दिए ।
आगामी दिनमा पनि विभिन्न बिद्यालयहरु र अन्य संघसंस्थासंगको सहकार्यमा ग्रामिण क्षेत्रमा चिकित्सकको पहुँच नभएका जनताहरुलाई शिविर मार्फत चिकित्सकीय सेवा प्रदान गरीने लक्ष रहेको पोलिक्लिनिकका हेल्थ असिस्टेन्ट तथा संचालक महेन्द्र साउदले बताए । स्थापनाकाल देखि प्रा.लीले विशेषज्ञ सेवा र २४सै घन्टा डाक्टर सहित सेवा दिदै आएको छ । पोलिक्लिनिकमा भिडियो एक्सरे,एक्सरे, प्रयोगशाला र फिजियोथेरापी सेवा प्रदान गर्दै आएको प्रा.लीका अर्का संचालक नरेन्द्र कुवँरले जानकारी दिए ।