काठमाडौं,१८पौष। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज (शनिबार) वृहत्त कार्यकर्ता भेला गर्दै छ ।
संघीय राजधानी काठमाडौंस्थित प्रज्ञा भवनमा दिउँसो १ बजे कार्यकर्ता भेला तय गरिएको हो ।
काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित भेलालाई प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । यस्तै रामबहादुर थापा बादल, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने तय भएको काठमाडौं कमिटीले जानकारी दिएको छ ।
यसअघि गत बुधबार बबरमहलस्थित कार्की ब्यांकेटमा ओली पक्षको सुदूरपश्चिमका नेता–कार्यकर्ताहरूको भेला गरेको थियो । भेलामा लेखराज भट्ट र प्रधानमन्त्री ओलीलगायतले सम्बोधन गरेका थिए ।