मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलमा चापागाई

इजरायल, ३० पुस । रोजगारीको सिलसिलामा इजरायलमा रहेका नेपालको पर्वत जिल्लाका प्रवासी नेपालीहरु आबद्ध रहेको संस्था मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । पुरानो कार्यसमितिलार्इ बिगठन गर्दै दीया चापागाईंको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरिएको छ । नवगठीत नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कुशुम कुमाल, उपाध्यक्षमा ज्योति शर्मा, महासचिवमा हिरा श्रेष्ठ र कोषाध्यक्षमा नारायण गौडेल रहेका छन् । यसैगरी कार्यसमिति सदस्यहरुमा शान्ता सुवेडी, रमा जोशी, राधा जोशी, मञ्जु गुरुङ, सुशील हमाल र सरस्वती लामिछाने चयन भएका छन् भने सल्लाहकारमा नरेन्द्र क्षेत्री, ओबी भूसाल र रामचन्द्र लामिछाने चयन भएका छन् । अधिवेशनले सल्लाहकार क्षेत्रीलाई संरक्षक अध्यक्ष तथा अन्तर्राष्ट्रिय समन्वय संयोजक र उपाध्यक्ष शर्मालाई अन्तर्राष्ट्रिय समन्वय सहसंयोजकको जिम्मेवारी समेत दिएको छ । इजरायलस्थित विभिन्न संघसंस्था, कलाकारहरुको उल्लेख्यिय उपस्थिती रहेको सो कार्यक्रममा नेपाली राजदूतावासका उपनियोग प्रमुख हरिहरकान्त पौडेल प्रमुख अतिथि रहेका थिए भने बिशिष्ट अतिथिमा गैरआवासीय नेपाली संघ इजरायलका अध्यक्ष छिरिङ शेर्पा र गैरआवासीय नेपाली संघ इजरायलका अन्तर्रा्ष्ट्रिय समन्वय परिषद् सदस्य दीपकप्रसाद ओली रहेका थिए । अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि पौडेलले मातृभूमिका लागि पर्वत सेवा समाजले आफ्नो जन्मभूमिका लागि धेरै राम्रा रचनात्मक कार्य गर्ने गरेको र आउँदा दिनमा अझै सक्रिय भएर काम गर्न सुझाव दिए । अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि पौडेलले मातृभूमिका लागि पर्वत सेवा समाजले आफ्नो जन्मभूमिका लागि धेरै राम्रा रचनात्मक कार्य गर्ने गरेको र आउँदा दिनमा अझै सक्रिय भएर काम गर्न सुझाव दिनुभयो । मनोनित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाका गणेश गिरीले सपथ ग्रहण गराएका थिए । संस्थाकी नवनिर्वाचित अध्यक्ष चापागाईंले आफूले सबैसँग सरसल्लाह एबम् समन्वय गरेर काम गर्ने बताउदै कार्यक्रममा उपस्थित सम्पूर्णमा हार्दिक धन्यबाद प्रकट गर्नु भएको छ ।