कक्षा ११ को परिक्षाफल सार्वजनिक

काठमाडौँ, २९ पुस। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११को नतिजा सार्वजनिक गरेको छ । बोर्डले शनिबार सूचना जारी गर्दै परीक्षाको नतजिा सार्वजनिक भएको जनाएको छ । बोर्डका अनुसार नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक भएको हो । कक्षा ११ को परिक्षा बोर्डले असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा ३ लाख ४७ हजार ७४८ विद्यार्थी सहभागी भएका थिए । जसमा ७४ जनाको परीक्षा रद्धभएको छ भने १ जनाको स्थगित गरिएको बोर्डले जनाएको छ । परीक्षाको नतिजा http://neb.ntc.net.np मा हेर्न सकिने बोर्डको भनाई छ ।