त्रिभुवन आर्मी खप्तड गोल्डकपको फाइनलमा

धनगढी, २९ पस । साविक विजेता लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लबलाई पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब दोस्रो संस्करणको ‘नेपाल आइस सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप फुटबल’ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्र्तगत शनिबार भएको पहिलो सेमिफाइनलमा आर्मीले मनाङ मस्र्याङ्दी क्लबलाई ३–१ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । आर्मी गत सिजन पहिलो खेलबाटै बाहिरिएको थियो । आर्मीको जितमा कप्तान भरत खवास, नवयुग श्रेष्ठ र सन्तोष तामाङले गोल गरे । मनाङका लागि हेमन गुरुङले एक गोल गरे । खेलमा शुरुवाती अग्रता भने मनाङले लिएको भएपनि खेलको नवौं मिनेटमा मनाङले हेमन गुरुङद्वारा खेलमा अग्रता लिएको थियो । क्रसमा आएको बल आर्मीका गोलकिपर विकेश कुथुले राम्ररी क्लियर गर्न नसक्दा पेनाल्टी बक्समा रहेका हेमनले सो अवसरलाई सदुपयोग गरेका थिए । तर खेलको २३ औं मिनेटमा आर्मीका भरत खवासले गोल गर्दै खेल बराबरीमा ल्याउन सफल भए । ४५ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै अमीलाई अग्रता दिलाए । त्यसअघि ४२ औं मिनेटमा नवयुगले गोल गर्ने सुन्दर मौक खेर फालेका थिए । प्रतिस्पर्धात्मक बनेको दोस्रो हाफमा दुवै टोलीले आक्रामक फुटबल खेल्दै गोल गर्ने मौकाहरु बनाएका थिए । खेलको ६१ औं मिनेटमा सुजल श्रेष्ठले पाएका राम्रो अवसर उनले खेर फालेका थिए । त्यस्तै ७७ औं मिनेटमा नवयुगले गोलकिपर दिनेश थापामगरसँग ‘वान भर्सेस वान’ को मौका पनि गुमाएका थिए । ८८ औं मिनेटमा सन्तोष तमाङले नवयुगको पासमा गोल गर्दै आर्मीको जित सुनिश्चित गरे । आर्मीका नवयुग श्रेष्ठ खेलको म्यान अफ द म्याच घोािष्त भए । उनले जनही १० हजार रुपैया प्राप्त गरे । जितसँगै आर्मी सजनको चौथो उपाधि नजिक पुगेको छ । आर्मीले यसअघि विकास रनिङ शिल्ड, सताक्षी गोल्डकप र मेचाी नेत्रालय काकडभित्ता गोल्डकपको उपाधि जितेको थियो । अब आर्मीले उपाधिका लागि सोमबार आयोजक सुदुरपश्चिम र एपीएफबीचको विजेतासँग खेल्नेछ । यि दुईबीचको खेल आइतबार धनगढी रंगशालामा हुनेछ । पुस २१ गतेबाट सुरु भएको प्रतियोगिता माघ १ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ सय रुपैयाँ प्राप्त गर्नेछ ।