साविक विजेता मनाङ मस्र्याङ्दी सेमीफाईनलमा

धनगढी, २८ पुस । अग्नि रुपन्देही ११ लाई फराकिलो अन्तरले पराजित गर्दै साविक विजेता मनाङ मस्याङ्दी धनगढीमा जारी नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकपको सेमीफाईनलमा प्रवेश गरेको छ । धनगढी रंगशालमा शुक्रबार भएको अन्तिम क्वाटरफाईनल खेलमा रुपन्देही ११ लाई ४–० ले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो । यसपालीको गोल्डपकमा मनाङको जित नै सबैभन्दा फराकिलो जित हो । यसअघि थ्री स्टारले रमपम झापा ११ लाई ३–१ ले हराएको थियो । २० औं मिनेटमा मनाङका विदेशी खेलाडी भिक्टोर अमोवीले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफमा १–० ले अगाडी रहेको मनाङले दोस्रो गोल आत्मघाती उपहार पायो । छिरिङ गुरुङले वचाउ गर्न खोज्दा दोस्रो हाफको ५५ औं मिनेटमा आफ्नै पोष्टमा गोल भएपछि मनाङको अग्रता दोव्वर भयो । अधिकांश समय वल आफ्नो कव्जामा राखेको मनाङका लागि ८३ औ मिनेटमा विशाल राई र ८४ औ मिनेटमा विमल रानाले गाल गर्दै सानदार जितसँगै मनाङ अन्तिम चारमा पुगेको हो । शुक्रबारको खेल सकिएसंगै सुदूरपश्चिम खप्तड गोल्डकपमा सेमीफाईनलमा पुग्ने चार टिमको टुङगो लागेको छ । प्रतियोगीता अन्तरगत शनिबार मनाङ र आर्मीबीच पहिलो सेमीफाईनल खेल हुनेछ दोस्रो सेमफिाईनलमा आइतवार सुदूरपश्चिम ११ र एपीएफबीच हुनेछ । जितपछि प्रतिक्रिया दिदै मनाङ मस्याङ्दीका प्रशिक्षक हेमन्त आलेले टीमको समन्वय भएकोले सानदार जित हासिल भएको भन्दै चिर परिचित प्रतिद्धन्द्धी भएका कारण रणनीति बनाउदा जित हात पारेको बताए । अग्नि रुपन्देही ११ का कप्तान दिलीप क्षेत्रीले आफ्नै गल्तीले गोल खाँदा हार व्यहोरेको प्रतिक्रिया दिए । सर्बाधिक धनराशीको सुदूरपश्चिम खप्तड गोल्डकपका विजेताले ११ लाख ११ हजार १ सय ११ र उप विजेताले ५ लाख ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।