धनगढी , ६ असोज/धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले दिनेश खवर र दिनेश एफएमले आफुलाई बदनामीत गर्नका लागि दिनेश सञ्चारगृहमा आक्रमण गर्ने गिरोहका नाईके धनगढीका मेयरका भतिजा भनेर समाचार प्रकाशन प्रशारण गरेको आरोप लगाएका छन् ।
सोमबार प्रेस विज्ञप्ती जारी गर्दै यस कुरालाई प्रमाणित गरेर देखाउन पनि म चुनौती दिएका छन् । नगरप्रमुख नृपबहादुर वडका फुपुका नाती भनेर मलाई बदनामीत गर्दै घटनामा मुच्न खोजिको छ विज्ञप्तीमा भनिएको छ ।
मिति २०७७ असोज ४ गते दिनेश सञ्चारगृहमा आक्रमण गर्ने गिरोहका नाईके धनगढीका मेयरका भतिजा भनेर दिनेश एफएम र अनलाईनले समाचार प्रकाशन प्रशारण गरेको थियो । विज्ञप्तीमा नगरप्रमुख वडले झुटो, कपोकल्पीत, भ्रामक समाचारको निन्दा र भत्र्सना गर्दछु भनेका छन् । तथ्य बिनाका समाचार प्रकाशन÷प्रशारण गरेर ब्यावसायीक पत्रकारीतालाई कमजोर नबनाउन र पत्रकार आचरसंहिताकाको ख्याल राख्न दिनेश सञ्चारगृह संग अनुरोध गर्दछु विज्ञप्तीमा भनिएको छ, यस बिषयमा सत्यतथ्य कुरा बाहिर ल्याएर सहयोग गरिदिन म नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ र सबै पत्रकार मित्रहरुलाई निवेदन गर्दछु । यस्तो झुटो समाचारमा बिश्वस नगर्न आम नगरवासीमा अनुरोध गर्दछु ।
विज्ञप्तीमा भनिएको छ , विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को महामारीको प्रभाव अन्य क्षेत्र जस्तै मिडिया क्षेत्रमा पनि परेको छ । कोरोना महामारीका कारण थुप्रै मिडिया हाउसहरु आफ्नो प्रकाशन प्रशारण रोक्न बाध्य भएका छन् । जसले श्रमजिवि पत्रकारहरुको रोजगारी मात्रै गुमेको छैन लामो समय देखि पत्रकारीता गरिरहेका पत्रकारहरु पेशाबाट पलायन हुनुपर्ने अवस्था आएको छ । यस जटिल अवस्थामा पत्रकारहरुको पेशागत सुरक्षाका लागि तीनैतहका सरकारहरु गम्भीर हुन जरुरी छ । यस बिषयमा छलफल चलाउन आदरणिय पत्रकार मित्रहरुलाई अनुरोध गर्दछु ।
प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता लोकतन्त्रको प्राण हो । कुनैपनि बाहनामा यो स्वतन्त्रतामा हस्तक्षप हुनुहुदैन भन्ने कुरो मैले राम्रो संग बुझेको छु । समाचारको बिषयमा मिति २०७७ साल भदौ २६ गते दिनेश सञ्चारगृहमै पुगेर सञ्चारकर्मी माथी घटाईएको घटनाको फेरी पनि म निन्दा र भत्र्सना गर्दछु । विज्ञप्तीमा उल्लेख छ ।