धनगढी,०५ असोज ।बैशाख अन्तिमतिर रोपेको मकै पाक्ने समय भएको छ । सवैतिर पाकेको मकै भित्राउने चटारो पनि छ । तर त्यहि पाकेको मकै भित्राउन नपाएको चिन्तापनि सहजपुरका स्थानीयमा उत्तीकै छ । वर्षभरि खानपुग्ने आसाले गरिएको खेती जगंली जनावरले नष्टगरिदिएपछि त्यहाका स्थानीय चिन्तीत वनेका छन् । जिल्लाको चुरे गाउँपालीका ०१ घरखेड़ा का स्थानीयले लगाएको मकैवाली जगंली जनावर बदेलले खाने र नष्टगर्ने गर्न थालेपछि स्थानीयमा चिन्ता थपिएको छ । एकवर्षसम्म पुग्ने अन्न जगंली जनावरले खान थालेपछि स्थानीय वचावटको लागी भन्दै रातभर वारिकै पाटामा जाग्राम वस्ने गरेका छन् ।
यो समस्या स्थानीयको अहिलेको मात्रै भने पक्कै होईन । बर्षनी अन्नबाली नष्ट गर्ने समस्याले यहाका स्थानीय वर्षैदेखी चिन्तित छन् । ‘हिउदे र वर्खेवालि सवै जगंली जनावरले नष्ट गर्छ ।’स्थानीय वासिले भने ।‘ गरेको दुःख सवै जगंली जनावरलाई हुन्छ, हामित काम गर्नेमात्रै हौ ।’ जनावरले वालीनष्ट गर्दिने समस्याले आक्रान्त वनेका स्थानीयहरु अहिले भने समुह वनाएर रातभर वारिमै जाग्राम वस्नपनि थालेका छन् । ‘हिउद वर्खा सधैको पिडा छ ।’स्थानीय निर्मला ठगुन्नाले भनिन,‘ ‘ऐले हाम्रो अनलाइन कक्षा भै रहेको छ, गाउँमा नेटको सुबिधा हुदैन, एक घण्टा पढ्नकै लागि धनगढी जाने कुरा भएन त्यहि भएर गाउमै खेति गरेर बासौ भनियो तर बदेलले सारै सतायो मकै बाली जोगाउनै सकिएन।’ मकैले ठुला र राम्रा घोगा हालेको भन्दै खुसिहुनुपनि ब्यर्थै भयो । जहा राम्रो र अलि पाकेको छ, छानी छानि खाने रहेछ कसै गरेपनि बदेल धपाउन सकेनौ ।’मकैको घोगा लाग्न सुरु भए देखी मकै पाकेर नभित्राउन्जेल सम्म हरेक राति आफ्नो बास मकै बारीमा हुँदै आएको अर्का कृषक सुरेन्द्र धामी बताउछँन । जंगली जनावारले मकै बाली नष्ट गदै जाँदा आफुहरु बर्षा लागेसंगै सुत्न समेत नपाएको यहाँका कृषक बताउछँन् । वर्षेनी जगंली जनावरको आतकंवाट आक्रान्त वन्दै आएका स्थानीयलाई यसवर्षपनि उस्तै पिडाले सताएको भन्दै स्थानिय निकायलाई गुहारेका पनि छन् । स्थानीय सरकारले केहि गरिदिए आफुहरुको समस्या समाधान हुने आसा स्थानीय वासिले गरेका छन् ।
पोहोर साल पनि मकै भित्र्याउन पाइएन अहिले पनि उस्तै गरायो। ,भएको खेती सवै जङगलि जनावरलाई भयो अलि अलि भएको बच्छ कि भनि जोगाउन रातभर बारीमै जागराम बस्न थालेको स्थानिय किसान रमेस प्रशाद कडेलले गुनासो पोखे । ‘रातीपनि गाउका सवै आएर मकैको रखौली वस्नु परेको छ ।’ उनले भने,‘एक दिन आएको ठाउमा अर्काेदिन आउदैन नया ठाउमा जान्छ हामिले पत्तै पाउदैनौ ।’ चुरे गाउपालिलका ०१ घराखेड़ा का आधा दर्जन गाउमा जगंली जनावर वदेलले सताउदै आएको छ । त्यहाका थली,अलार्ड ,दानधुन्गा ,साउकाटिमिला,पखिर, चिनानी लगाएतका स्थानमा मकै बालि नस्ट गरेको स्थानियले जानकारी दिए । ‘जगंली जनावरले साह्रै दुःखदिन थालेपछि केहि समय पहिले जगंल चहार्नेसम्मको कामपनि गरेका थियौ तर यो सम्भव भएन ।’ ऋतु ठगुन्नाले भनिन ,‘ हामि के खाएर बाच्ने साह्रै समस्या आईपर्यो ।’ हरेक वर्ष जङगलि जनावरले खेती मास्दैजादा गाउमा खाद्यन्नको समेत अभाव हुने गरेको स्थानीयले वताएका छन् । जगंली जनावरको पिडामा वडा अध्यक्ष आफुपनि रहेको जानकारि दिएका छन् । चुरे गाउपालीका वडा नम्वर ०१ का वडा अध्यक्ष हुकुम बहादुर साउदले जनताले पाएको दुःख आफुलेपनि पाएको र यो समस्यालाई टार्न सिबाए कुनै विकल्प नरहेको जानकारि दिए । उनले भने,विभिन्न ठाउमा बदेलद्वारा आक्रमर्ण पनि भयो तर त्यसको निर्मुलको लागि ठोस पहल कुनै ठाऊँबाट भएन र हामीले वडाको तर्फबाट पनि केहि गर्न नसकेको अवस्था छ ।‘ उनले थपे ‘गाउँपालीकामा यसको विषयमा छलफल चलाएका छौ । निष्कर्ष के हुने हो ?