‘जनताले चाहेको विकास काँग्रेसको विजय विना सम्भव छैन ः प्रधानमन्त्री देउवा’

कार्तिक ३०, कैलाली प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापती शेरबहादुर दउवाले देश चुनावमय भएको र जनताहरु चुनाबमा भागलीन आतुर रहेको बताएका छन् । धनगढीमा प्रेश युनियन कैलालीले आयोजना गरेको पत्रकारसम्मेलनमा बोल्नु हुँदै प्रधानमन्त्री देउवाले जनता मालिक हुन् देशको भाग्य रेखा निर्धारण जनताको हातमा रहेको समेत बताए । जनता प्रजातन्त्र र विकास चाहान्छन्, त्यो नेपाली काँग्रेसको विजय विना सम्भव छैन् भन्नु हुँदै प्रधानमन्त्री देउवाले बाम एकताबाट जनता त्रसित भएको बताएका छन् । प्रधानमन्त्री देउवाले जनताहरु बामएकताले अधिनायकबाद आउने डरले जनताले नेपाली काँग्रेसलाई बहुमत दिलाउने समेत बताए । सुदुरपश्चिमको विकासका लागी नेपाली काँग्रेसको सरकारको पालामा पंचेश्वर , पश्चिमसेती लगायतका बिभिन्न परियोजनाहरु अघि बढाइएको समेत प्रधानमन्त्री देउवाले बताए । प्रधानमन्त्री देउवाले ढुक्क भएर चुनावी गतीविधीमा सहभागी हुन जनताहरुलाई आग्रह समेत गरेका छन् । बाम गठबन्धनका एक नेता प्रति कटाक्ष गर्दै प्रधानमन्त्री देउवाले आफु अझै तीन पटक देशको प्रधानमन्त्री हुने दाबी गरेका छन् ।