चार महिना देखिको तलवपाएका छैनन् कैलालीका सडक मर्मतकर्ताहरुले

पाण्डव पुजारा, कार्तिक३०,कैलाली / चार महिना देखिको तलव नपाएको भन्दै राष्ट्रिय ग्रमिण यातायात सुदृढीकरण कार्यक्रम कैलालीमा कार्यरत सडक मर्मतकर्ताहरु आन्दोलित भएका छन् । गत भाद्र दखिको तलब नपाएको भन्दै विहिवार जिल्ला प्राविधीक कार्यालय कैलालीमा राष्ट्रिय ग्रमिण यातायात सुदृढीकरण कार्यक्रम (एसएनआरटिपी) कैलालीमा कार्यरत सडक मर्मतकर्ताहरु आएर घेराउ गरेका थिए । तलब नपाउँदा कैलालीका ७६ परिवार समस्यामा परेका छन् । विभिन्न समयमा सडकमा काम गर्ने सडक मर्मतकर्ताको परिवार ब्याजमा रिण निकालेर घरखर्च चलाउन बाध्य भएका छन् । कैलालीका गौरीगंगा नगरपालिका वडा नम्बर १० की मनकुनी चौधरीले तलब नपाउँदा बिहान र बेलुकाको छाक टार्न र छोराछोरीलाई स्कुल पढाउन समस्या परेको बताईन् । सुरुमा महिना महिना तलब दिदा घरखर्च चलाउन सजिलो भएको तर अहिले ४ महिना हुँदा सम्म पनि तलब नदिएकोले अहिले ब्याजमा रिण निकालेर घरखर्च चलाईरहेको सडक ममृतकर्ता चेरीया चौधरी र मनकुमारी चौधरीको गुनासो छ । घरपरिवारमा ससाना नानिहरुलाई छोडेर दैनिक काम गर्ने गरेको तर चार महिना हुँदा सम्म पनि तलब नपाएको सडक मर्मतकर्ताहरुको गुनासो छ । अहिले त जाडोको महिना आएकोले न्यानो लत्ताकपडा किन्न पनि पैशा नभएको यसोधा धामीले बताइन । जिल्ला प्राविधीक कार्यालय कैलालीका प्रमुख जिल्ला ईन्जिनियर मनिस अर्यालले सडक मर्मतकर्ताहरुको तलब आउन अझै एक महिना लाग्ने बताएका छन् । स्थानिय तह विभाजन संगै राष्टिय ग्रमिण यातायात सुदृढीकरण कार्यक्रमका नियमहरु परिवर्तन भएकाले यसमा समस्या भएको र यो समस्यालाई केहि दिनमै सावधान गर्ने बताएका छन् । कैलालीमा तिन बर्ष देखि अघि सुरु भएको राष्ट्रिय ग्रमिण यातायात सुदृढीकरण कार्यक्रम विभिन्न स्थान गरी १ सय ५३ किलोमिटर सडकमा लागु छ । कैलालीको फुलवारी– गदरिया– राजपुर, बडैपुर –हसुलिया, कनरी– चौमाला, कनरी – उर्मा, बेहेडावावा – चौमाला, सहजपुर – निगाली सडकखण्डमा राष्ट्रिय ग्रमिण यातायात सुदृढीकरण कार्यक्रम लागु छ ।