धनगढी उप–महानगरपालिकाको हार्दिक अपिल

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) फैलिन नदिन उच्च सतर्कता अपनाउनु आवश्यक छ । यसको जोखिमसँग जुध्न चुस्त बन्दोबस्त गरिएन भने त्यसले ठूलो मानवीय क्षति निम्त्याउने खतरालाई बुझेर उप–महानगरको श्रोत साधनले भ्याए सम्म सतर्कताको पूर्वतयारीमा जुटेको ब्यबहोरा सादर निवेदन गर्दछौं ।
सतर्कताको कार्यमा सबै क्षेत्रबाट सहयोग पुगिरहेको छ । अझैपनि उप–महानगरपालिका आ–आफ्नो ठाउँबाट सहकार्य र समन्वयलाई निरन्तरता दिनहुन राजनितिकदल नगरबासी, स्थानीय प्रशासन र राष्ट्र सेवक सुरक्षाकर्मीहरु, नेपाल रेडक्रस सोसाईटी धनगढी,ब्यापारी लगायतका सामाजीक संघसंस्थाहरु संग समेत हार्दिक अपिल गर्दछौं ।
कोभिड–१९ (कोरोना भाईरस) को संक्रमणबाट जोगिन नेपाल सरकारले पुरै देश लकडाउन गरेको छ । लकडाउन गर्ने बाध्यात्मक अवस्थाले उद्योग, कलकारखाना चल्न सकेका छैनन् । जसका कारण दैनिक ज्यालादारी गरेर छाकटार्ने मजदुरहरु समस्यामा पर्न थालेका छन् । त्यसैले मानवीयताका लागि खाद्यान्न तथा नगद सहयोग गर्न चाहने ब्यक्ति, सामाजिक संघसंस्था, बैंक तथा वित्तिय संस्था,ब्यापारी, उद्यामी लगायत आम नगरबासीमा नगरस्तरीय विपद ब्यबस्थापन समिति मार्फत गर्नहुन हार्दिक अपील गर्दछौं ।
भारत र तेश्रो मुलुकहरुबाट फर्किएका आफ्नै परिवारको सदस्य भएपनि १४ दिन सम्म घरमा छुट्टै राख्न , रुमाल, लत्ताकपडा लगायतका बस्तुहरुबाट सजिलै भाइरस सर्नसक्ने भएकाले एक अर्कोलाई प्रयोग गर्न नदिन अनुरोध गर्दछौं । असहज अवस्थाको फाईदा उठाउदै बजारमा दैनिक उपभोग्य सामाग्री, औषधी, ग्याँस र पेट्रोलियम पदार्थको कृतिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई कानुन अनुसार कडा कार्वाही गरिने ब्यहोरा अवगत गराउछौं ।
साथै कोरोनाको जोखिमबाट बच्नका लागि मास्कको प्रयोग गर्न, पटक पटक साबुन पानीले हात धुन, सरसफाईमा ध्यान दिन र ज्वरो आउने, थकाई लाग्ने, सुख्खा खोकी लागिरहेमा स्वास्थ्यकर्मीको परामर्श लिन सबैमा हार्दिक आह्वान गर्दछौं ।
नोट :नगद सहयोग गर्न चाहनेका लागि ,रा.वा. बैंक ( प्रकोप ब्यबस्थापन कोष हि.नं :४१७०३०५०६९६०२ )