धनगढी,१६ चैत । ३९ जना नेपालीहरुले अबैधरुपमा खुल्ला सिमानाको बाटो प्रयोग गरी नेपाल भित्रिएका छन् ।
भारतको बिभिन्न क्षेत्रवाट आएका नेपालीहरु कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–२ पुरानो भन्सार रोडवाट नेपाल भित्रिएका हुन् ।
कोराना संक्रमण रोकथाम गर्न नेपाल र भारतमा लकडाउन भएका कारण उनिहरु अबैधबाटो हुदै नेपाल भित्रिएका हुन् ।न
अबैधरुपमा नेपाल भित्रिएको स्थानियले जानकारी प्राप्त गरेपछि उनिहरुलाई आहिले सोही ठाउको तिल्लेका तालमा राखिएको पत्रकार बिबेक नागरीले जानकारी दिएका छन् । अहिले सो क्षेत्रमा प्रहरी पुगिसकोले उनिहरुको बिबरण तयारी गरी क्वारेन्टाईनमा राख्ने प्रक्रिया अगाडी बढेको पत्रकार नागरीले जानकारी दिएका छन् ।
यसरी अबैधरुपमा नेपाल भित्रीएकाहरुलाई कोरोना चेकजाँच गरी क्वारेन्टाइनमा राख्नु पर्ने स्थानियले बताएका छन् ।