काठमाडौं । बाहुबली स्टार प्रभासले आफ्ना प्रशंसकको मन जित्ने काम गरेका छन् । उनले कोरोना भाइरस (कोभिड–१९) बाट बच्नका लागि गरिने प्रयासका लागि खडा गरिएको राहत कोषमा ४ करोड भारतीय रुपैयाँ सहयोग गरेका छन् ।
उनले दिएको रकममध्ये ३ करोड प्रधानमन्त्री राहत कोषमा र बाँकी रहेको रकममध्ये ५० लाख आन्ध्र प्रदेशको मुख्यमन्त्री राहत कोष र ५० लाख तेलंगाना राहत कोषमा जानेछ ।
बाहुबली स्टार प्रभासले रिल लाइफमा मात्र होइन रियल लाइफमा पनि हिरोको भूमिका निभाइरहेका छन् ।
यसपटक उनले फ्यानको मन जितेका हुन् । उनी रियल लाइफका पनि बाहुबली हुन् ।
भारतभर राष्ट्रिय लकडाउन चलिरहेका समयमा प्रभासले लिएको यो सहयोगप्रति फ्यानले विभिन्न तरिकाले धन्यवाद दिएका छन् ।
उनको प्रशंसा पनि उत्तिकै भएको छ ।
कोरोना भाइरसको संकटबाट लड्नका लागि अर्का साउथ हिरो अलु अर्जुनले पनि सहयोग गरेका छन् । अलुले सवा करोड भारतीय रुपैयाँ सहयोग गरेका छन् ।
उनले आन्ध्रप्रदेश, तेलंगाना र केरल मुख्यमन्त्री राहत कोषमा रकम सहयोग गरेका हुन् ।
यसअघि रजनीकान्त, पवन कल्याण, रामचरण तेजा, महेश बाबू, कपिल शर्मा, ऋतिक रोशन जस्ता कलाकारले सहयोग रकम दिइसकेका छन् ।