धनगढी,१४ चैत । धनगढीमा कोरोना पोजिटिभ देखिएका ३४ वर्षीय युवकको अवस्था समान्य रहेको अस्पतालले जानकारी दिएको छ। शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै सेती प्रादेशिक अस्तपालले ३४ वर्षीय ती युवकको अवस्था सामान्य रहेको जानकारी दिएको हो।
यसका साथै उपचारमा कुनै कमी नभएको समेत अस्पतालले जानकारी दिएको छ। ‘प्रोटोकल अनुसार निजको उपचारमा कुनै कमी नभएको साथै निजको अवस्था हाल सामान्य रहेको व्यहोरा जानकारी गराइन्छ,’ अस्पतालले जारी गरेको विज्ञप्तीमा भनिएको छ।