धनगढी,१४ चैत ।धनगढीका कोरोना संक्रमित पुरुष चैत ८ गते काठमाडौँ–नेपालगञ्ज हुँदै धनगढी आएको खुलेको छ। उनी युएईको दुबईबाट भारतको राजधानी दिल्ली हुँदै काठमाडौँ पुगेका थिए। २१ मर्च अर्थात चैत ८ गते काठमाडौँबाट नेपालगञ्ज हुँदै नेपालगञ्जबाट धनगढी पुगेका थिए।
उनी बुद्ध एयरको विमानबाट नेपालगञ्ज पुगेका थिए। सो कुराको बुद्ध एयर नेपालगञ्जका ईन्चार्ज दिनेश साहले पुष्टि गरे। ८ गते धनगढी पुगेका उनी चैत ११ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए।
त्यही दिनदेखि उनी सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा राखिएका थिए। आईसोलेसनमा राखिएपछि उनको थ्रोट स्वावको नमूना परीक्षणका लागि काठमाण्डौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाईएको थियो।
उनीमा कोरोना संक्रमणको पुष्टि आज मात्रै भएको हो। उनीमा कोरोना पुष्टि भएपछि परिवारलाई पनि आइसोलेसनमा राखिएको छ । तारानगर निवासी युवकमा कोरोना भाइरस पुष्टी भएपछि टोलवासी त्रासमा छन ।