प्रदिप मलासी,बझाङ । खप्तडछान्ना गाउपालिका बझाङको छैटौ गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न गरेको छ । सभाले बिकासमा प्रतिबद्धता र आर्थिक रुपमा सम्बृद्धि, खानेपानी मर्मत सम्भार ऐन ,र महिनावारी ,स्वच्छता तथा सरसफाई ऐन र १ नियमावली समेत पास गरेको छ । आर्थिक वर्ष २०६७ ÷०७७ले बिगत ८ महिना देखि भए गरेका गतिबिधि सहितको प्रतिबेदनको प्रस्तुत गरिुएको थियो ।
यस्तै गाउँपालिकाले आर्थिक वर्ष २०७६ ÷०७७ मा खप्तडछान्ना गाउँपालिका बझाङ्गले जम्मा ३४ करोड ४१ लाख ७५ हजार ३३ रुपियाँ ९४ पैसाको प्राप्त बजेट मध्ये १२ करोड ५७ लाख ४७ हजार ३ सय ४१ रुपियाँ ७२ पैसा खर्च गरेको छ । चालु आर्थिक वर्षमा ३सय वटा योजना मध्ये ६५ वटा योजनाले पुर्णरुपमा सम्पन भएका छन । बाँकी योजना अवको चार महिना भित्र सम्पन्न गर्नु पर्ने चुनौती रहेका छन् ।
यस्तै कोरोना भाईरस जस्तो बिश्वव्यापी रुपमा फैलिरहेको प्राणघातक रोगलाई खप्तडछान्ना गाउँपालिकामा सर्न नदिनका लागि समपुरक कोषमा रहेको रकम लाई रकमान्तर गरेर भएपनि शिक्षा स्वास्थ्थका क्षेत्रलाई बलियो गरेर अघि बढेने गाउँपालिका अध्यक्ष वर्क बहादुर रोकायाले बताए ।