कलाकार ऋषि कपुर सामाजिक संजालमा होस् या अन्र्तवार्तामा नै किन नहोस्, कुनै पनि कुरा स्पष्ट भनिदिन्छिन् । यहीकारणले नै उनी बेला–बेलामा आलोचित पनि हुने गरेका छन् ।
हालै मात्र एक अन्र्तवार्तामा ऋषिले भारतमा कलाकारहरुलाई सम्मान नदिइएको भन्दै गुनासो गरेका छन् । उनले भने–‘भारतमा कलाकारहरुलाई पर्याप्त सम्मान नै दिइदैन । विदेशमा धेरै कलाकारको नाममा विमानस्थल, बाटो बनेका छन् । तर, भारतमा यस्तो कतै पनि देखिदैन ।’
अमेरिकाबाट फर्किएपछि ऋषिले भने–‘अमेरिकामा एल्विस प्रेस्ले, माइकल ज्याक्सनको नाममा विभिन्न स्थान बनेका छन् । यहीकारणले गर्दा पनि उनीहरुलाई अहिलेको यूवापुस्ताले पनि संझिन्छ । भारतमा कुनै पनि कलाकारलाई यस्तो सम्मान छैन ।’
ऋषिले अगाडि गुनासो गर्दै भने–‘भारत सिनेमा, संकृती र म्यूजिकका कारण विश्वभर चिनिएको छ । तर, यहाँका कलाकारसँग फरक व्यवहार गरिन्छ । किन सरकार कलाकारलाई सम्मान दिन सक्दैन रु’