काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सागका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । यसअघि प्रारम्भिक चरणमा बोलाइएका ३५ खेलाडीबाट अन्तिम खेलाडीको नामावाली सार्वजनिक गरिएको हो ।
नेपाली टिममा राशिद खानले डेब्यु गरेका छन् । त्यस्तै शरद भेषावकर र बसन्त रेग्मीले टिममा स्थान बनाउन सकेनन् । यस्तै युवा खेलाडी रोहित कुमार पौडेल, भिम सार्की र सागर ढकाल वैकल्पिकमा परेका छन् ।
नेपाली टिम
ज्ञानेन्द्र मल्ल
पारस खड्का
सन्दीप लामिछाने
दिपेन्द्र सिंह ऐरी
सोमपाल कामी
करण केसी
विनोद भण्डारी
ललित नारायण राजवंशी
पवन सर्राफ
सन्दीप जोरा
सुशन भारी
आरिफ शेख
अविनास बोहरा
कुशल भुर्तेल
राशिद खान