धन बहादुर जप्रेल
बझाङ २७ कार्तिक / बझाङको दुर्गाथली गाउपालिका ५ नम्बर वडा कार्यालयले वडा स्तरीय शैक्षिक मेला आयोजना गरेको छ । महोत्सव ५ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा महादेव प्राथमिक विद्यालयले आयोजनागरेको हो ।
शैक्षिक गतिविधिका अतिरिक्त विभिन्न प्रकारका शैक्षिक तथा खेलकुद मुलक प्रतिष्प्रधात्मक क्रियाकलापका माध्यमबाट विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्न महोत्सवको आयोजना गरिएको दुर्गाथली गाउपालिका वडा नम्बर ५का अध्यक्ष राम बहादुर जप्रेलले बताए ।
गत वर्षबाट सञ्चालन गरिएको शैक्षिक मेलामा यस वर्ष ५ वटा सरकारी र १ वटा निजी गरि ६ वटा विद्यालयका विद्यार्थीहरु महोत्सवमा सहभागी भएको वडा अध्यक्ष जप्रेलले बताए । महोत्सव महादेव प्राथमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएकको छ ।
महोत्सवमा विभिन्न प्रकारका परतिष्प्रधात्मक खेलहरु लामो छोटो दौड, हाईजम्प , लम्पजम्प वक्तृत्वकला, प्लेट दौड, चम्चा दौड, स्कीपीङ जस्ता विभिन्न प्रकारका खेलहरु खेलाइने र प्रतिष्प्रधामा उत्कृष्ठ विध्यार्थीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको वडा अध्यक्ष जप्रेलले बताए । महोत्सवको लागि वडा कार्यालयले करिब एक लाख रकम बजेट छुट्याएको अध्यक्ष जप्रेलले बताए । महोत्सव २७ गते देखि ३ दिन सम्म चल्ने बताईएको छ ।