कैलाली २७ कातिक/ सुदूरपश्चिम प्रदेशको एकमात्र रिफेरल अस्पतालको रुपमा रहेको सेती प्रदेशीक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डे विरुद्ध अख्तियारमा अजुरी गरेको छ ।
मेसु पाण्डेले अस्पताल भित्रका मेडीकल माफियाहरुलाई संरक्षरण गरेको आरोप लागेको छ । उनले अस्पतालको हाता भित्र नेपाल चिकीत्सक संघलाई भवन बनाउन लगाई त्यस बाफतको भाडा आफ्नोको खातामा हाल्ने गरेको र हालसम्म पनि नयाँ टेण्डर नगराईएको भन्दै अख्तीयार दुरुपयोग अनुसन्धान आयोगमा अजुरी परेको छ । साथै अस्पताल हाता भित्रका निजी मेडीकलहरुलाई बन्द गर्न पटक पटक मन्त्रालयबाट तोकता गर्दा पनि आर्थिक प्रलोभनमा परि बन्द गर्न आलटाल गरेको आरोप लागेको छ ।
यस्तै अस्पतालको निवासमा मेसु पाण्डेले ताला लगाई आफु निजी घरमा बस्ने गरेको पाईएको छ । उनले आफु निकटका मान्छेहरुलाई मात्रै आवाश दिएको कारण डाक्टर तथा अन्य कर्मचारीहरु भाडामा बस्नु परेको कर्मचारीहरुले गुनासो गरेका छन् । साथै १ महीना पहिले अवकाश भईसकेका डाक्टर बिसन सिहं बोहरालाई आवाश उपलब्ध गराई रहेको तथा सरुवा भई गईसकेका डाक्टर पदम शर्मालाई पनि आवाश अपलब्ध गराई रहेको भन्दै उजुरी परेको छ ।
प्रादेशीक अस्पतालमा कर्मचारी भर्ना गर्दा मेसु पाण्डे र लेखा शाखा अधिकृत मदन सिहं महराले एकलौटी ढंगबाट नातेदार भर्ना गरेको आरोप छ । मेसु पाण्डेकी भाई बुहरी तथा लेखा अधिकृत महराकी साली अस्पतालमा भर्ना गरेको पाईएको छ । साथै उनिहरुलाई नेपाल सरकारले तोकेको भन्दाबढी तलब अस्पतालले भुक्तानि गर्दै आएको छ । यस्तै अपहरणको नाटक गरी पन्ध्र लाख रकम माग गर्ने र भ्रष्टाचारको आरोप लागी ७ बर्ष निलम्बनमा परेका खरिदार जगत सिहंलाई महत्वपुर्ण फाटँको जिम्मा दिएको आरोप छ ।
यस्तै कार्यालयका लागी आवश्यक सामाग्रीहरु खरीदमा खरिद ऐन विपरित खरिद गरेको र व्यापक अनियमीतता भएको, पुराना भवनहरु मर्मतको नाममा मेसु पाण्डेले आर्थीक हिनामीना गरेको लगाएतका विषयमा उजुरी परेको छ ।
नयाँ निमार्ण भएको खानेपानीको योजनाका ठेकदारलाई काम सम्पन्न नहुदै भुक्तानि दिएको । यि बिषयमा छानविन गर्न अख्तीयार दुरुपयो आयोग प्रदेश कार्यालय महेन्द्रनगरमा मुद्धा दर्ता भएको छ ।