उषा अब निर्मात्री, बन्ने भयो ‘आउँदै जादै’

पूर्व मिस नेपाल माल्भिका सुब्बाले चलचित्र निर्माण गरेको करिब डेढ बर्षपछि अब अर्की पूर्व मिस नेपाल पनि निर्मात्री बन्ने भएकी छिन् । पूर्व मिस नेपाल उषा खड्गीको प्रस्तुतीमा नयाँ चलचित्र बन्ने भएको छ । उषाका श्रीमान् जीपी तिमिल्सिनाको निर्देशनमा बन्न लागेको नयाँ चलचित्रको नाम ‘आउँदै जादै’ राखिएको छ । यो चलचित्रको कलाकार फाइनल गरिएको छैन । तर, पत्रकार सम्मेलनमा सबै कलाकार नयाँ हुने जानकारी दिइयो । १ करोड बजेटमा बन्ने भनिएको चलचित्रको छायांकन नेपाल र अष्ट्रेलियामा हुनेछ । कौशल्या फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रका निर्माता मनोजलाल श्रेष्ठ हुन् । चलचित्रमा सामिप्यराज तिमिल्सिनाको पटकथा तथा संवाद रहनेछ । वसन्त अधिकारी चलचित्रका मुख्य सहायक निर्देशक हुन् । यो चलचित्र पूर्ण रुपमा प्रेमकथामा निर्माण हुने निर्देशक तिमिल्सिनाले पत्रकार सम्मेलनमा जानकारी दिए । चलचित्रका शिर्ष गीत नरेश भट्टराइले लेख्नेछन् ।