पाण्डव पुजारा भाद्र ०९, धनगढी // हरितालिका तीजको अवसरमा धनगढीमा भाद्र ८ र ९ गते भएको तीज उत्सव शुक्रवार सम्पन्न भएको छ । पद्मा ग्रुपद्धारा संचालित सुदुरपश्चिम क्षेत्रीय प्रशारण केन्द्र, धनगढी अन्र्तगत रहेको भक्तिदर्शन टेलिभिजनको आयोजना र माउन्टेन टेलिभिजन तथा बिजनेस प्लस टेलिभिजनका सहआयोजनामा सेती अञ्चल प्रहरी कार्यालय भएको थियो । बिहिबार देखि भएको तिज उत्सवमा एकल नृत्य र सामुहिक मौलिक तिज नृत्य प्रतियोगीता भएको थियो । जसमा एकल नृत्य प्रतियोगीतामा सिर्जु कँबर प्रथम, अनिता गोले द्धृतीय, र तिल देउवा तृतीय भएका छन् । सामुहिक मौलिक तिज गित नृत्य प्रतियोगीतामा फुलबारीका सयपत्री आमा समुह प्रथम, एकता महिला समुह द्धृतीय, र सुर्यमुखी आमा समुह तृतीय भएका छन् । एकल नृत्य प्रतियोगीतामा प्रथम हुनेलाई सुनको जन्तर, दोश्रोलाई स्मार्टफोन र तेश्रोलाई साडी प्रदान गरिने छ भने सामुहिक मौलिक तिज गीत नृत्य प्रतियोगीतामा प्रथमलाई नगद ५ हजार, दोश्रोलाई ३ हजार र तेश्रोलाई २ हजार प्रदान गरिएको छ । तिज उत्सव संयोजक श्रवण देउवाले प्रदेश नम्बर ७ देशकै संस्कृती र कलाको धनि क्षेत्र भएका कारण यसको संरक्षणका साथै यस क्षेत्रका प्रतिभाहरुको पनि विकाश गर्ने लक्ष्य रहेको बताए । “यहाँका प्रतिभाहरुलाई उजागर गरी राष्ट्रव्यापीरुपले सुन्दर सुदूरपश्चिमलाई साँस्कृतिक हिसावले पनि चिनाउनु कार्यक्रमको उदेश्य हो” उत्सव संयोजक देउवाले भने ः– आगामी दिनमा पनि संस्कृतीको जगेर्ना गर्न यस्ता कार्यक्रम गर्ने योजनामा छौँ ।” साथै उत्सव संयोजक देउवाले केहि बर्षयता तिज पर्वमा ब्यापक बिकृतीहरु भित्रिएको र विकृतीहरुलाई न्यून गर्न तिज मौलिक गितको आयोजना गरिएको पनि जानकारी दिएका छन् । धनगढीको अन्चल प्रहरी कार्यालयको मैदानमा भएको कार्यक्रमको अवलोकन कर्ताका लागी पिउने पानीको उचित प्रबन्ध मिलाईएको थियो । प्रबेश निशुल्क रहेको कार्यक्रमलाई देश तथा विदेशमा देखाउनका निम्ती भक्तिदर्शन अन्तराष्ट्रिय टेलिभिजन र माउण्टेन टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो । धनगढी उपमहानगरपालिकाका मेयरले उद्घाटन गरेको कार्यक्रमको संचालन कृत बहादुर बिष्ट र सुशीला देउवाले संचालन गरेका थिए ।