पाण्डव पुजारा भाद्र ०७, धनगढी// हरितालिका तीजको अवसरमा धनगढीमा दुई दिने तिज उत्सव हुने भएको छ । भक्तिदर्शन टेलिभिजनको आयोजना र माउन्टेन टेलिभिजन तथा बिजनेस प्लस टेलिभिजनको सुदुरपश्चिम क्षेत्रीय प्रशारण केन्द्र धनगढीको आयोजनामा भाद्र ८ र ९ गते तीज उत्सव हुने भएको हो । धनगढीको सेती अञ्चल प्रहरी कार्यालय, धनगढी प्राङ्गणमा हुने तिज उत्सवको समपुर्ण तयारी पुरा भएको सुदुरपश्चिम क्षेत्रीय प्रशाण केन्द्रका प्रमुख श्रवण देउवाले जानकारी दिए । बिहिबार देखि हुन लागेको तिज उत्सव एकल नृत्य र मौलिक सामुहिक तीज गित नृत्य प्रतियोगीतामा हुन भएको हो । एकल नृत्य प्रतियोगीता र सामुहिक मौलिक तीज गीत नृत्य प्रतियोगीता गरि दुई चरणमा हुने छन् । एकल नृत्य प्रतियोगीतामा प्रथम हुनेलाई सुनको जन्तर, दोश्रोलाई स्मार्टफोन र तेश्रोलाई साडी प्रदान गरिने छ भने सामुहिक मौलिक तिज गीत नृत्य प्रतियोगीतामा प्रथमलाई नगद ५ हजार, दोश्रोलाई ३ हजार र तेश्रोलाई २ हजार प्रदान गरिने छ । तिज उत्सव संयोजक श्रवण देउवाले प्रदेश नम्बर ७ देशकै संस्कृती र कलाको धनि क्षेत्र भएका कारण यसको संरक्षणका साथै यस क्षेत्रका प्रतिभाहरुको पनि विकाश गर्ने लक्ष्य रहेको बताए । “यहाँका प्रतिभाहरुलाई उजागर गरी राष्ट्रव्यापीरुपले सुन्दर सुदूरपश्चिमलाई साँस्कृतिक हिसावले पनि चिनाउनु कार्यक्रमको उदेश्य हो” उत्सव संयोजक देउवाले भने ः– आगामी दिनमा पनि संस्कृतीको जगेर्ना गर्न यस्ता कार्यक्रम गर्ने योजनामा छौँ ।” साथै उत्सव संयोजक देउवाले केहि बर्षयता तिज पर्वमा ब्यापक बिकृतीहरु भित्रिएको र विकृतीहरुलाई न्यून गर्न तिज मौलिक गितको आयोजना गरिएको पनि जानकारी दिएका छन् । भाद्र ८ र ९ गते धनगढीको अन्चल प्रहरी कार्यालयको मैदानमा हुने कार्यक्रमका अवलोकन कर्ताका लागी पिउने पानीको उचित प्रबन्ध र निशुल्क स्वास्थ शिवीर रहेको आयोजकले जानकारी दिएको छ । प्रबेश निशुल्क रहेको कार्यक्रमलाई देश तथा विदेशमा देखाउनका निम्ती भक्तिदर्शन अन्तराष्ट्रिय टेलिभिजनमा पनि प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ ।