फुख संवाददाता भाद्र १२, धनगढी // सुदूरपश्चिमकोे लोक संस्कृतिमा आधारित धार्मिक एवम् सांस्कृतिक गौरा पर्व शनिवार देखि सुरु भएको छ । परापुर्वकाल देखि मनाईदै आएको गौरा पर्व समानता र सद्ध्भावमा आधारित पर्वको रुपमा लिइन्छ । प्राचिन राजा सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणहरुबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्रह्मणलाई मारी दिएपछि विधवा भएकी ब्राह्मणीहरुले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरुप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गरेपछिको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन राजाले माफी माग्नुपरेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको प्राचिन भनाई छ । गौरा पर्व भाद्र शुक्लको षष्ठी देखी अष्टमी सम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आआफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ’बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । गौरापर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ । बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन् । धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भिर्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ । गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् । अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत र्पुयाउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ । सुदुपश्चिमेलीहरुले धुमधामका साथ मनाईने गौरापर्व भाद्र कृष्ण पञ्चमीदेखि सुरु हुने गर्दछ । गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरिन्छ । यो पर्ब सुदुरपश्चिममा एक ठूलो पर्वको रूपमा मनाईन्छ । गौरा पर्वको विसर्जन नभएसम्म गौरा घर मन्दिर परिसरमा महिला पुरुष छुट्टाछुट्टै रुपमा गोलबन्द भई स्थानीय लोक भाषाका देउडा, चैत, घमारीलगायतका खेल खेलेर रमाइलो गर्ने गर्छन् । यसरी देउडा, चैत, धमारी खेल खेल्दा देवीदेवताका गाथासम्बन्धी गीतका साथै सामाजिक विकृति विसङ्गतिविरुद्ध पनि देउडाका माध्यमले तिखो व्यङ्ग्य गर्ने चलन रहेको छ । प्रत्येक गाउँ–टोलको गौरा घर अथवा मन्दिरमा मनाइने गौरा पर्व, विभिन्न बोटबिरुवाबाट गौराको प्रतिमा तयार पारी धार्मिक अनुष्ठानका साथ गौराका रुपमा प्रतिमालाई गौरा घरमा भित्र्याइन्छ । गौरा भित्र्याइसकेपछि श्रद्धालु महिलाले व्रत बसी गौरा घरमा गौरा र शिवको पूजाअर्चना गर्ने गर्छन् । पूजाको कार्यक्रमपछि विरुडालाई सबैले प्रशादका रुपमा ग्रहण गर्छन् । बिशेष गरेर तराईमा कञ्चनपुर र कैलालीसँगै सुदूरपश्चिमका सातवटै पहाडी जिल्लाका साथै मध्यपश्चिका जिल्लाहरुमा गौरा पर्व मनाईने गरेको भए पनि हिजो आज राजधानी काठ्माण्र्डौ लगायत देशका अन्य जिल्लामा समेत यो पर्व मनईन थालेको छ । यस्तै गौरा पर्वको अवसर पारेर कैलालीका विभिन्न स्थानमा बिभिन्न कार्यक्रमहरुको तयारी थालिएको छ । कैलालीको धनगढीमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कैलाली र युवा विकास केन्द्रको संयुक्त आयोजनामा भाद्र १४, १५, र १६ गते गौरा महोत्सव आयोजना गरिन लागेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश नं ७ का संयोजक सुरत रावल डोटेली कान्छाले जानकारी दिए । यस्तै धनगढी उपमहानगरपालिका १४ फुलबारीमा पनि खुल्ला डेउडा प्रीतयोगीता हुने बताईएको छ ।