९ सदस्यीय जिल्ला समन्वय समिति गठन गर्ने निर्णय, काँग्रेसबाट नृप वड र सुशिला मिश्र भट्टको असहमती

कैलाली, ९ साउन कैलाली जिल्लाको प्रथम जिल्ला सभा बैठक सम्पन्न भएको छ । मोहन्याल गाउपालिका प्रमुख तथा निर्वाचित प्रतिनिधिमध्ये जेष्ठ सदस्य नवल सिह रावलको अध्यक्षतामा भएको प्रथम जिल्ला बैठक भेलामा जिल्ला न्यायधिस तथा मुख्य निर्वाचन अधिकृत धनसिह महरा प्रमुख अतिथि रहनुभएको थियो । जिल्ला समन्वय समितिले आयोजनामा भएको प्रथम जिल्ला सभा बैठकमा कैलालीका १३ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी गोविन्द पं्रसाद रिजाल, स्थानीय विकाश अधिकारी केशव प्रसाद विमली, क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख मोहन प्रसाद अर्याल लगायतको उपस्थिति रहेको थियो । प्रथम जिल्ला सभा बैठकले ९ सदस्यीय जिल्ला समन्वय समिति गठन गर्ने निर्णय सर्वसम्मतिले पारित समेत गरेको छ । उपस्थित जनप्रतिनिधिविच जिल्ला समन्वय समिति ८ कि ९ सदस्यीय बनाउने भन्ने विषयमा विवाद भएको थियो । धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वड तथा उपप्रमुख सुशलिा मिश्र भट्टले जिल्ला समन्वय समिति ८ सदस्यीय बनाउनुपर्ने अडान राखेपनि उहालाई काग्रेसबाट जितेका स्थानीय तहका प्रतिनिधिले पनि साथ दिएनन । सभाअध्यक्ष मोहन्याल गाउपालिका प्रमुख तथा जननिर्वाचित प्रतिनिधिमध्ये जेष्ठ सदस्य रावलले १३ वटा स्थानीय तहका प्रतिनिधिलाई जिल्ला समन्वय समिति ८ सदस्यीय किन ९ सदस्यीय बनाउने भन्ने विषयमा हात उठाउन आग्रह गर्नुभएको थियो । धनगढी उपमहानगरपालिकाका प्रमुख वड तथा उपप्रमुख भट्टले मात्रै जिल्ला समन्वय समिति ८ सदस्यीय बनाउनुपर्ने पक्षमा हात उठानुभएको थियो । जिल्ला समन्वय समिति ९ सदस्यीय बनाउनुपर्ने भन्ने जनप्रतिनिधिको बहुमत देखिएपछि सभाध्यक्ष रावलले ९ सदस्यीय जिल्ला समन्वय समिति गठन गर्ने निर्णय भएको घोषणा गर्नुभयो । नेपालको सविधान २०७२ को धारा २ सय ३० को उपधारा ३ बमोजिम ९ सदस्यीय जिल्ला समन्वय समिति गठन गर्ने निर्णय भएको हो । अव जिल्ला समन्वय समितिको चुनाव निर्वाचन कार्यालयले गर्नेछ । जिल्ला समन्वय समितिमा ३ महिला सदस्य र दलित र अल्पसङख्यम मध्ये १ सदस्य अनिवार्य हुनुपर्ने व्यवस्था रहेको बताईएको छ ।