केदारटोल विकासको अध्यक्षमा रोकाया

पाण्डव पुजारा धनगढी, ९ साउन धनगढी उपमहानगरपालिका वडा नम्बर १ शिवनगरमा रहेको केदार टोल विकास समितिले सोमबार पुर्णवहादुर रोकायाको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरिएको छ । समितीको उपाध्यमा नर बहादुर खड्का, सचिवमा दयाराम चौधरी, कोषाध्यक्षमा पुष्पा चौधरी चयन भएका छन् भने कार्यसमितीको सदस्यमा मिना चौधरी, लोकराज भट्ट, जानकी सिह चयन भएका छन् । समितीको सल्लाकारमा रामबहादुर बम, गोपाल चन्द, भरत सिह, ठाकुरप्रशाद करियाप्रधान, प्रार्वती ऐर, कनैया चौधरी चयन भएका छन् । केदार टोल विकास समितीले केदारटोलको विकासका लागी विभिन्न कामहरु गर्दै अएको छ । कार्यक्रममा सोहि टोलको सिर्जनशिल महिला समुहको पनि नयाँ कार्यसमिती चयन गरिएको छ । महिला समुहको अध्यक्षमा बिष्णा जोशी चउन भएका छन् । समुहको उपाध्यक्षमा किरण पाण्डे, सचिवमा सरस्वती दाहाल, कोषाध्यक्षमा पुष्पा चौधरी चयन भएका छन् भने सदस्यमा मालती करिया प्रधान, वासमती चौधरी, तारा चौधरी चयन भएका छन् ।