भिरबाट लडेर एक महिलाको मृत्यु

ललित सिहं बझाङ्ग ९ साउन बझाङ्गको बित्थडचिर गाउँपालिका वडानं. २ कोसिना बस्ने बर्ष ३० की अम्मरा देबी बोहराको आईतबार बिहान घर नजिकै रहेको तोलीपारी घाँसे मेलामा घाँस काट्ने क्रम्मा भिरबाट लडेर घटना स्थलमै मृत्यु भएको स्थानिय बासिन्दा कर्ण बोहराले जानकारी दिनु भएको छ । आईतबार बिहान गाउँ नजिकै रहेको तोली पारी भन्ने जंगलमा घाँस काट्ने क्रममा दुई सय मिटर तल खसेर ज्यान गएको हो । मृत्क बोहराका श्रीमान बिगत लामो समय देखि भारतमा रोजगारी गदै आएको मृत्कका आर्फन्त कर्ण बोहराले बताए ।