सांसद विकास कोषवाट दुर्गमलाई एम्बुलेन्स उपहार

अछाम १० साउन सामान्य रोग लाग्दा समेत समयमै उपचार नहुँदा अकालमै ज्यान गुमाउने अछामी नागरिकका लागी खुसीको कुरा थपिएको छ । अछाम क्षेत्र नम्वर २ वाट माओवादी केन्द्रको तर्फवाट समानुपातिक सांसद बनेकी जानकी साउद रावलले दुर्गम गाँउको लागि नयाँ एम्बुलेन्स प्रदान गर्ने भएकी हुन् । अछामकोे रामारोशन गाउँपालिका स्थित भटाकाँटिया स्वास्थ्य चौकीको लागि उक्त एम्बुलेन्स खरिद गरिएको सांसद रावलले जानकारी दिइन् । अछामका दुर्गम ठाउँका बिरामीलाई स्वास्थ्य संस्थाले रिफर गर्दा उपचार गर्न डोको तथा पिठ्युँमा बोकेर लैजानुपर्ने समस्या समाधन होस भन्ने उदेश्यले एम्बुलेन्स ल्याइएको उनले बताइन् । आर्थिक वर्ष २०७३र७४ मा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत खरिद गरिएको एम्बुलेन्स काठमाडौँ पुगेको र केही दिनमै एम्बुलेन्स स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिने सांसद रावलले जानकारी दिइन् । ०७१र७२ मा सांसद विकास कोषबाट स्वास्थ्य चौकी विनायकलाई एम्बुलेन्स उपलब्ध गराएकी थिइन् । उक्त एम्बुलेन्सले पूर्वी अछामका विरामीलाई सेवा दिँदै आएको छ । अछामको पूर्वि क्षेत्रमा एम्बुलेन्स सेवा सुरु भएपछि त्यहाँका विरामीले जिल्ला अस्पताल अछाम, बयालपाटा अस्पताल, धनगढी, सुर्खेत, नेपालगंज, काठमाडौँ र भारतसम्म सजिलै जान पाएका छन् । सांसद रावलले भनिन् ‘एम्बुलेन्सलाई प्राथमिकता दिनुका कारण सामान्य रोग लाग्दा समेत समयमै अस्पताल पुग्न नसकेर अकालमै मृत्युको मुखमा पुग्नुपर्ने दुर्गमको बाध्यतालाई मैले नजिकवाटै चिनेकी छु । अछाममा सवै भन्दा बढि महिला त्यो पनी दुर्गमका महिलाले स्वास्थ्य समस्या भोग्नु परेको वताउदै सुत्केरी हुन नसकेर रिफर भएका महिला तथा आपत कालिन समस्यामा परेका अछामका जनतालाई एम्वुलेन्स सेवाले धेरै राहत हुने उनले बताइन ।