नेकपा कैलालीमा सोडारीको बर्चस्व

धनगढी, भाद्र ३०
कैलाली जिल्लाका १३ स्थानीयतहको कमीटी टुंगो लागे संगै कमीटिको जिम्मेवारी पछि कार्यकर्तामा खुसीयाली छाएको छ । पार्टी एकीकरण पछि साविकको नेकपा एमालेका जिल्ला अध्यक्ष दीर्घ सोडारी कैलाली जिल्लामा बलिया खम्बाका रुपमा उभीएका छन् ।
पार्टीमा कुशल संगठक तथा बैचारिक नेताका रुपमा स्थापीत नेता सोडारीले एकता पछि पनी बलिया खम्बाका रुपमा देखीएका हुन । साविक एमाले अध्यक्ष हुँदा पार्टीमा आफ्नो बचश्र्व राखेका सोडारीले पुनः पार्टी एकता पछि पनी ठुलो बर्चश्व बनाएका छन् ।
कैलाली जिल्लाका १३ स्थानीय तहमध्ये १२ वटा स्थानीय तहमा सुदूरपश्चिम प्रदेशका पुर्व सामाजिक विकास मन्त्री समेत रहेका सोडारी निकट नेताहरुले स्थानीयतह कमीटीको जिम्मेवारी पाएका छन् ।
साविक नेकपा एमालेको अध्यक्ष भागमा परेको धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका, लम्कीचुहा नगरपालिका, घोडाघोडी नगरपालिका, जोशीपुर गाउँपालिका, चुरे गाउँपालिका र जानकी गाउँपालिका कमटीमा सोडारी निकटका नेताहरु अध्यक्ष भएका छन् ।
यस्तै एमालेको भागमा परेको सचिब पदमा बर्दगोरीया गाउँपालिका, महोन्याल गाउँपालिका, भजनी नगरपालिका, टिकापुर नगरपालिका, कैलारी गाउँपालिकामा पनी सोडारी निकटकै नेताहरुले जिम्मेवारी पाएका छन् ।
जसको अध्यक्षमा गैरीगंगा नगरपालिकामा डिल्लीराम आाचार्य विष्णु, धनगढी उपमहानगरपालिकामा प्रदेश सभा सदस्य शुशिला बुढाथोकी, लम्कीचुहा नगरपालिकामा महेन्द्र ढुंगाना, घोडाघोडी नगरपालिकामा बाधुराम चौधरी, जानकी गाउपालिकामा बप्पन रावत, जोशीपुर गाउँपालिकामा ओमराज विनाडी र चुरे गाउँपालिकामा दान बहादुर महरा सोडारी निकटका कार्यक्रता मानिन्छन् ।
सचिब पदमा बर्दगोरीया गाउँपालिकामा टंकराज ओली, महोन्याल गाउँपालिकामा भूमीनन्द जैशी, भजनी नगरपालिका प्रकाश मल्ल, टिकापुर नगरपालिकामा खडक साउँद र कैलारी गाउँपालिकामा झुमा चौधरी चयन भएका छन । भने साविक एमालेको भागमा परेको गोदावरी नगरपालिकामा सचिब पदमा जिम्मेवारी पाएका आनन्द भट्ट प्रदेश अध्यक्ष कर्ण थापा निटक मानिन्छन् ।
नेकपाको धनगढीमा गत २५/२६ गते बसेको प्रदेश कमीटीको बैठकले गाउँकमीटीको अध्यक्ष सचिब सहीत स्थानीय गाउँ तथा वडा कमीटीको टुंगो लगाएको थियो । पार्टी एकीकरणको क्रममा सुदूरपश्चिम प्रदेशको एक मात्र धनगढी उपमहानगरपालिका र जिल्लाका महत्वपुर्ण नगरपालिका र गाउँपालिका सोडारीकै कब्जामा परेको एक नेताले बताए ।