ज्ञानेन्द्र शाहीलाई कैलालीमापनि प्रवेश निषेध

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल सहित युवा संगठनले कैलालीमापनि ज्ज्ञानेन्द्र शाही लाई प्रवेश निषेध गर्ने निर्णय गरेको छ । राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा नेकपाका कैलाली जिल्ला कमिटी सदस्य सुरज खातीले शाहीलाई कैलालीमापनि प्रवेश निषेध गर्ने निर्णय गरेको बताए ।
भदौ २८ गते नेपालगञ्जस्थित एयरपोर्टमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि भएको दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको बताउँदै उनले कैलालीमा पार्टीका युवा संगठनले शाहीलाई प्रवेश निषेध गर्ने निर्णय गरेको बताए ।
पुर्व वाइसिएल जिल्ला अध्यक्ष समेत रहेका खातीले मन्त्री योगेश भट्राइलाई दुव्र्यवहार गर्नुका साथै नेकपाका युवा कार्यक्रताहरुलाई झोले कार्यक्रता भनेकाले उनलाई प्रवेश निशेध गर्ने निर्णय गरेको बताए । ज्ञानेन्द्र शाहीलाई कैलाली जिल्लामा कुनै पनि प्रकारको कार्यक्रम गर्न नदिने र प्रवेश निषेध गर्ने निर्णय गरिएको जनाइएको छ ।