फुख सम्वाददाता भदौ ०३, धनगढी कैलालीको धनगढी उपमहानगरपालिका १९ फुलवारीमा रहेको पूmलवारी स्वास्थ्य चौकीको सामाजिक परिक्षण सम्पन्न भएको छ । सो सामाजिक परिक्षणमा फुलवारी स्वास्थ्य चौका ईन्चार्ज रेशम लामिछानेले स्वास्थ्य चौकीले आर्थिक वर्षमा २०७३÷०७४मा गरेको कार्यप्रगती विवरण प्रस्तुत गरेका थिए । शुक्रवार सम्पन्न सो सामाजिक परिक्षणमा स्वास्थ्य चौकी ब्यबस्थापन समितिका पदाधिकारी ,महिला स्वास्थ्य स्वयम् सेबीका , बिभिन्न वडाका जनप्रतिनिधिहरु ,शिक्षक, समाजसेबी ,संचारकर्मी लगाएतको उपस्थिती रहेको थियो ।सो सामाजिक परिक्षण स्वास्थ्य चौकी ब्यबस्थापन समितिकी सदश्य जानकी देवी सुनारको सभापतित्वमा सम्पन्न भएको थियो ।