फुख संवाददाता भदौ ०३, धनगढी कैलालीको धनगढी उपमहानगरपालिकामा पशुचौपायको तथ्याड्ढ संकलन गर्ने कार्यको थालनी गरीएको छ । कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर नृप वडको प्रमुख आतिथ्यमा शुक्रवार कैलालीको पूmलवारीमा बसेको वडा नम्बर १४, १८ र १९ का वडा अध्यक्ष सहित पूmलवारी क्षेत्रका स्थानियहरुको बैठकले सो निर्णय गरिएको हो । किसानहरुले पशुचौपायहरुवाट लाभ लिई सकेपछी चौपायाहरुलाई छाडा छोड्ने गरेका कारण नगर क्षेत्रमा छाडा पशुचौपायाहरु संख्या दिन प्रतिदिन बढेको स्थानियहरुले मेयरलाई गुनासो गर्दै नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए । पूmलवारी क्षेत्रबाट सुरु गरीएको पशुचौपायाको तथ्याड्ढ संकलन गर्ने कार्य लगत्तै नगर कार्यसमितिको बैठक बसी धनगढी उपमहानगरपालिकाका सवै वडामा रहेका पशुचौपायाको तथ्याड्ढ संकलन गरीने मेयर वडले बताए । सुरुमा नगर भरीका सम्पूर्ण किसानहरुको घरघरमा गई पशुहरुको तथ्याड्ढ संकलन गरीने र घरमा पालेका पशुचौपायाहरुलाई छाडारुपमा छोड्नेलाई काननु बमोजिम कार्वाही गरीने समेत उनले बताए । यस्तै फूलवारीमा निर्माण भएको गौशालालाई अर्को बिकल्प नहुन्जेल सम्मका लागि अस्थायी रुपले सोही स्थानमा नै सञ्चालन गर्ने समेत निर्णए धएको छ ।