कृत बहादुर बिष्ट ÷सन्तोष रोकाया भाद्र ०३, धनगढी धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले मोहना नदी कटान क्षेत्रको स्थलगत निरिक्षण गरेका छन् । शुक्रवार कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्वर १९मा रहेको खेदा गाँउमा पुगेर नदी कटान क्षेत्रको निरिक्षण गरेका हुन । कैलालीको धनगढी उपमहानगपालिकामा वर्षेनी मोहना नदीले सयौ विगाह क्षेत्रफलको खेती गोग्य जमिन कटानी गदै आएको छ । यस वर्ष मात्रै पूmलवारी क्षेत्रको खेदा देखि शिबताल सम्म सयौ विगाह खेति योग्य जमिन मोहना, खुटिया र घुराह नदीले कटान गरिसकेको छ । यस्तै सोमवार धनगढी उपमहानगर उपमहानगपालिकाले जनताको तटबन्ध कार्यक्रमका कार्यालय प्रमुख सहित कटान क्षेत्रको निरक्षण गरी सो कटान क्षेत्रमा कार्यक्रम लागु गरीने मेयर वडले जानकारी दिए । उनका अनुुसार नदी कटान क्षेत्रको निरिक्षण पश्चात नदी कटान नियन्त्रण गर्न तटबन्धन गर्ने कार्य अगाडी बढाईने छ । मेयर वडले निवार्चनका वेला नदी कटान नियन्त्रण गर्न नदीकटान क्षेत्रमा तटबन्धन गर्ने प्रतिबद्धता व्यक्त समेत गरेका थिए । धनगढी उप–हानगरपालिका १९ फूलबारीको साँझघारीका किसान मोहना नदीले खेतीयोग्य जमिन बगाएपछि पसाउन ठिक भएको धान काटेर वस्तुभाउलाई खुवाउन थालेका छन । ३० घर परिवारको जमिनलाई मोहना नदीले कटान गरिरहेको छ । भारतको बनगाँवा बजार र फूलबारी साझघारी क्षेत्र बीचमा बग्ने मोहना नदी केहि वर्ष यता खेतीयोग्य जमिन कटान गर्दै गाँउमा पसेको हो । केहि वर्ष अघि ३० घर परिवारले बाढीका कारण घरहरु स्थान्तरण गरेका थिए । भारतले आफ्नो क्षेत्रमा तटबन्ध गरेको तर नेपाल तर्प तटबन्ध नबनाइएकाले मोहना नदीले नेपालको खेतीयोग्य जमिन कटान गरेको स्थानीयले बताएका छन । स्थानीय चुलुराम चौधरीले प्रत्येक परिवारको लगाएर ४ बिघा भन्दा बढी यो बर्षायाममा मात्र नदीले कटान गरेको बताए । साँझघारीका स्थानीय डल्लुराम चौधरीको घरेडी समेत नदीमा गएको बताए । धान नदीले बगाउने भएकाले काटेर गाईबस्तुलाई खुवाउन थालेको उनले दुखेसो पोखे । पुनाराम चौधरीले मोहना नदीले खेतमा लगाएको धान जमिन बगाएकाले अब के खाने भन्ने चिन्ताले सताएको बताए । उनले नदीले धान रोपेको जमिन बगाउन थालेकाले यस क्षत्रका जनता चिन्तित छन् । स्थानीय हरिराम चौधरीले जोतखोत गरेर धान लगाएको जमिन नदीले बगाएको बताए । उनले कहाँ बस्ने भन्ने चिन्ताले सताएको दुखेसो पोखे । सबै खेत नदीले बगाएको बताउँदै उनले सरकारको राहतको पर्खाइमा रहेको बताए । भारतको नाका क्षेत्रमा रहेको यो क्षेत्रमा धान उत्पादन राम्रो हुने स्थानीयले बताएका छन् । उनिहरुले सो क्षेत्रका सबै घर परिवारको गुजाराको माध्यामनै खेतिपाति भएको र त्यो पनि नदीले बगाउँदा समस्यामा रहेको गुनासो गरेका छन । ३० भन्दा बढी परिवारको पसाउन ठिक्क भएको धान नदी कटानले बगाएको स्थानीय उर्मिला चौधरीले बताइन् । धनगढी उपमहानगरपालिका १९ का वडा अध्यक्ष तिलुराम चौधरीले मोहना र घुरा नदीले धेरै दुःख दिएको बताए । उनले फूलबारीका साझघारी, खेदा लगायतको क्षेत्रमा नदीले कटान गरेकाले समस्या भएको बताए ।