आफ्ना गतिविधि तिव्र रुपमा अगाडी बढाउने
कैलाली २८ भदौ
नेपाल पाराभेटेरीनरी एण्ड लाइभस्टक एसोसिएसन सुदूरपश्चिम प्रदेश कार्य समितिको छैठौं पुर्ण बैठ्क शनिबार धनगढीमा सम्पन्न भएको छ । नेभ्ला प्रदेश कमिटी अध्यक्ष धन बहादुर चौधरीको अध्यक्षतामा सम्पन्न भएको बैठ्कले आफ्ना गतिविधी तिव्र रुपमा अगाडी बढाउन विभिन्न निर्णय गरेको छ ।
बैठ्कले प्रदेशका ८८ वटै स्थानिय तहमा नेभ्लाको संरचना विस्तार गर्ने र स्थानिय कमिटीहरु गठन गर्ने निर्णय गरेको छ । त्यस्तै प्रदेशका विभिन्न जिल्लामा पशु नश्न सुधार गर्न कृतिम गर्भाधान सेवा विस्तार गर्न कार्यरत पशु प्राविधिकहरुलाई कृतिम गर्भाधान तालिम सञ्चालन गर्ने भएको छ ।
ग्रामीण क्षेत्रमा पशुपन्छी औषधिको पहुचँ बढाउन पशु सेवा विभाग र औषधि व्यवस्था विभागको मापदण्ड अनुसार ३५ दिने अभिमुखीकरण तालिम सञ्चालन गर्ने, जिल्लागत एक गाउँ एक प्राविधिक लाई कायम राख्नको लागी स्थानिय तहहरुबाट बजेट विनियोजन लागी समन्वय गर्ने जस्ता महत्वपुर्ण निर्णय भएको नेपाल पाराभेटेरीनरी एण्ड लाइभस्टक एसोसिएसन सुदूरपश्चिम प्रदेश संयोजक धनबहादुर चौधरीले जानकारी दिए ।
बैठ्कले असोज ११ लाई सप्ताहव्यापी विश्व रेविज दिवस मनाउने र प्रदेशका विभिन्न स्थानिय तहहरुमा पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय भएको छ । साथै प्रदेश कार्य समितीले नेभ्ला केन्द्रीय अध्यक्ष रामप्रसाद मेहतालाई पर्न गएको पितृशोकमा समवेदान व्यक्त गरेको छ ।