कैलाली २८ भाद्र
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरीक हवाई भाडामा नेपाली र विदेशीहरुलाई लामो समयदेखी भिन्नता रहेको भन्दै उक्त गलत परिपाटीको अन्त्य गर्ने बताएका छन् । कैलाली उद्योग वाणिज्य संघले धनगढीमा गरेको सुदूरपश्चिमको पर्यटन प्रवद्र्धन सम्वन्धी अन्तरक्रिया कार्यक्रमका मन्त्री भट्टराईले विदेशी पर्यटकहरुले चर्को हवाई भाडा पर्यटन विकासका लागी उपयुक्त नहुने बताएका हुन् ।
काठ्माडौंबाट धनगढी सम्मको एकतर्फी हवाई भाडा विदेशीलाई ३ सय डलर पर्न जान्छ । जुन नेपाली मुल्यअनुसार ३५ हजार हुन्छ । विदेशी पर्यटकले चर्को हवाई भाडा तिर्नुपर्ने बाध्यताकै कारण सुदूरपश्चिमको पर्यटन व्यवसाय पछाडी परेको मन्त्री भट्टराईले बताए ।
सामान्यतया नेपालीलाई काठ्माडौंबाट धनगढी सम्मको एकतर्फी हवाई भाडा ४ हजार देखी ७ हजारसम्म पर्ने गरेकोमा विदेशीले झण्डै ८ गुणा महंगो भाडा तिर्नुपर्ने बाध्यता रहेको छ । मन्त्री भट्टराईले विदेशी पर्यटकले चर्को हवाई भाडा तिर्नुपर्ने बाध्यत हटाउन एक कार्यदल बनाएर पर्यटन मन्त्रालयले काम अगाडी बढाएको बताएका छन् ।
विदेशी पर्यटकलाई आन्तरीक हवाई भाडा महंगो भएकै कारण सुदूरपश्चिम लगाएतका दुर्गम क्षेत्रका पर्यटकीय क्षेत्रमा विदेशी पर्यटकहरु पुग्ने गरेका छेनन् । आफु मन्त्री भएर आएसंगै स्वादेशी तथा विदेशी सबैलाई आन्तरीक हवाई भाडा दर समान कायम गर्ने निणर्य गर्न लाग्दा निजी वायुसेवा निगमहरुले आपत्ति जनाएको समेत मन्त्री भट्टराईले बताए ।
मन्त्री भट्राईले थप अर्को प्रसंगामा बोल्दै मन्दिरमा मात्रै लगानी गरेर पर्यटन प्रवद्र्धन नहुने बताएका छन् । उनले सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मन्दिरमा मात्रै ठूलो बजेटत्र खर्च गरेको छ । मन्त्री भट्टराईले मन्दिरमा खर्च गर्नुभन्दा पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा लगानी गर्न प्रदेश सरकारलाई सुझाव दिएका छन् ।