काठमाडौं : नेपाली युवा मलेसिया पठाउने क्रममा भिसा प्रक्रियामा भीएलएन प्रणाली लागू गर्न सहयोग गर्ने तत्कालीन उच्च नेपाली पदाधिकारीलाई कारबाही गर्न मलेसियाका एक सांसदले अनुरोध गरेका छन् ।
भीएलएन (भिसा प्रक्रिया) मा भ्रष्टाचार गरी नेपाली कामदारबाट अर्बौं रुपैयाँ लिएको अभियोग लागेका मलेसियाका पूर्व उपप्रधानमन्त्री डा.अहमद जाहिद हमिदीलाई जस्तै नेपालमा पनि यसमा संलग्नलाई कारबाहीको माग गर्न मलेसियाका सांसदले अनुरोध गरेका हुन् ।
मलेसिया कामदार पठाउने सम्बन्धमा भिसा प्रक्रियाका नाममा भीएलएन लागू गर्न सहयोग गर्ने तत्कालीन उच्च नेपाली पदाधिकारीलाई पनि कारबाही गर्न सांसदले माग गरेका हुन् । यो खबर आजको कारोबार दैनिकले छापेको छ ।