दिल्ली ७ भदौ
सुदूरपश्चिमेली नेपाली समाज भारतले नयाँ दिल्लीमा गौरा बिशेष कार्यक्रम मनाएको छ । गौरा पर्व तथा तीजको अवसरमा भारतको दिल्ली राज्य अन्तर्गत आजादपुर एरिया समितिले नेपाली सस्कृति, परम्परा र रितिरिवाजमा धुमधाम मनाएको हो ।
नेपाली समाज भारतले सुदूरपश्चिमेलीहरुको महान चाड गौरा पर्ब तथा महिलाहरुको पर्व हरीतालिका तिजको उपलक्ष्यमा हरेक बर्षझै यो बर्ष पनी दिल्लीमा विभिन्न कार्यक्रमगरि भब्यताका साथ सम्पन्न गरेकोे छ ।
पण्डीत देवराज भट्टले गौरादेवीकोे पूजा आराधनाका साथै महीलाहरुले अठेवाली प्रस्तुत गरेका थिए । संगै कार्यक्रमको सुरुवात नेपाली र हिन्दी राष्ट्रिय गान बाट गरिएको थियो ।
चर्चित बालकलाकार शृष्टि अधिकारीको रोचक नृत्य प्रस्तुतगरि कार्यक्रममा उपस्थित अथितीहरुलाई स्वागत गरिएको थियो । सगैं करिब २७ जना कलाकारले आ–आफ्नो प्रस्तुती तथा कला बाट दर्शकहरु लाई मनोरञ्जन गराएका थिए ।
कार्यक्रममा सुदूरपश्चिमका चर्चित गायक डोटेली सौगात ओझा,अशोक चन्द र गायीका संगीता बमले तिजका गितहरुको प्रस्तुती गर्दा कार्यक्रमको माहोल निक्कै तातेको थियो । कार्यक्रम बिहान १२ बजे देखि सुरु भएको कार्यक्रममा करिब ६÷७ सय हाराहारीमा दर्शकको उपस्थिती थियो ।
कार्यक्रममा उत्तर भारत संयोजक भवानी दत्त भट्टले सुदूर पश्चिमेली नेपाली समाज भारतको बारेमा सबैलाई जानकारी गराए संगै समाजले झण्डै १४ लाख रुपयाँ परोपकारी कार्यको लागी खर्च गरेको बिबरण पनि प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी माहादेव भट्टले आफ्नो मन्तब्य राखेका थिए ।
कार्यक्रममा आर्थिक भौतिक तथा नैतिक रुपमा सहयोग गर्ने सम्पुर्ण नेपाली तथा भारतीय सामाजिक व्यक्तीहरुलाई आजादपुर एरिया समितीले सम्मान सहित दोसल्ला ओढाएको थियो ।
कार्यक्रममा कलाकारहरु व्यवस्थाको जिम्मा दिल्ली राज्य कोषाध्यक्ष मनोज भट्ट र गणेश दत्त भट्ट पाएका थिए । त्यस्तै आर्थिक संकलनको जिम्मा आजÞादपुर एरिया समितिका कोषाध्यक्ष केशवराज भट्ट, जयराज भट्ट, दिल्ली राज्य समिति सदस्यको थियो भने कार्यक्रम हल व्यवस्थापन शंकर दत्त भट्ट आजादपुर एरिया समितीका सलाहकार र सुरक्षा व्यवस्थापनको जिम्मा जयदेव भट्ट, दिल्ली राज्य समिति सल्लाहकारको रहेको थियो । कार्यक्रमको अन्तिममा कार्यक्रमका सभापति सम्भु भट्टले सम्पुर्ण आयोजक अतिथी दर्शकलाई धन्यवाद दिदै आयोजक टिमको राम्रो सम्वन्य र आपसी सम्बन्धले कार्यक्रम सफल भएको बताए ।
दिल्लीमा भएको गौरा तथा तिज बिशेष कार्यक्रममा आजादपुर एरिया समितीका अध्यक्ष शम्भु भट्ट सभापति तथा सुदूर पश्चिमेली नेपाली समाज भारतका केन्द्रीय कोषाध्यक्ष महादेव भट्ट प्रमुख अतिथि रहेका थिए ।
बिशिष्ट अतिथिमा समाजका क्षेत्रिय सयोजक भवानी दत्त भट्ट, केन्द्रिय समितिका सदस्य, दिल्ली राज्य अध्यक्ष हर्क रावत रहेका थिए । यस्तै कार्यक्रममा पूरा राज्य समिति महरौली जिल्ला समिती, पालम एरिया समित, रानिबाग एरिया समिती, सन्जय गान्धी एरिया समिती तथा विभिन्न सघं सस्था, राजनीतिक दल, बुद्धिजीवीको उपस्थिति रहेको थियो ।
सुरेन्द्र बोहरा र दिल्ली राज्य सचिव गणेश दत्त भट्टले कार्यक्रम सञ्चालन गरेका थिए ।