टीकापुर । समाजवादी पार्टी नेपालका अध्यक्ष डा। बाबुराम भटराईले टीकापुर घट्ना विशुद्ध राजनीतिक भएको भन्दै आफ्ना हक अधिकारकालागि सदभाव देखाएर नभइ आन्दोलन चर्काउनुपर्ने बताएका छन् । टिकापुरमा सद्भावना फैलाउने काम राज्यको भएको बताउँदै उनले थारुहरुलाई अधिकारका लागि आन्दोलन चर्काउन उत्प्रेरित गराएका हुन्।
शनिबार कैलालीको टिकापुररमा आयोजित थारुवानरथारुहट संयुक्त संघर्ष समितिको राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले टिकापुरमा थारुहरुले सद्भावको नारा लिएर राष्ट्रिय अधिवेशन गरेकोमा विमति जनाए। सद्भावको नारा आन्दोलनकारीले फैलाउने नभई राज्यले वातावरण तयार गर्नुपर्छ’, भट्टराईले भने, ‘सद्भावको नारा बाँडेर आन्दोलन सफल हुँदैन, त्यसका लागि फेरि पनि आन्दोलन चर्काउन आवश्यक छ।’
उनले थारुले आन्दोलन गर्दा हिंसात्मक भयो भनेर आन्दोलनकारीलाई जेल हालेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीलाई झापाको आन्दोलनको यथार्थ भन्न आग्रह गरे । टीकापुर आन्दोलन गैरराजनीतिक हुँदा झापाको आन्दोलन कसरी राजनीतिक भयो भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरेर टीकापुर घटनामा कमजोरी महसुस गर्दै सामाजिक सद्धभाव कायम गराउन प्रयासरत यहाँका थारुहरुलाई आन्दोलन गर्न उस्काएका हुन् ।
‘२०७२ भदौ ७ गते थारुहरुले आफ्ना माग राख्ने क्रममा टीकापुरमा हिंसात्मक दुःखद घटना भयो’, बाबुरामले भने, ‘त्यसलाई हिंसाको रुपमा व्याख्या गरेर आन्दोलनलाई सिध्याउने काम भयो । टीकापुर घटना दुखद भए पनि थारुले उठाएका मागको सम्बोधन हुनुपर्ने उनको भनाइ थियो । प्रचण्ड र गृहमन्त्री थापालाइ इञ्गित गर्दै बाबुरामले भने १० वर्षे जनयुद्ध पनि हिंसात्मक हो रु’ जनयुद्धमा १७ हजार नागरिक मारिँदा पनि त्यसलाई राजनीतिक ठान्नेहरुले किन टीकापुर घटनालाई गैरराजनीतिक भनेर रेशमलाई जेल हालेको हो, त्यसको उत्तर दिनुपर्छ।’
थरुहटरथारुवान संघर्ष समितिको आह्वानमा भएको आन्दोलनका क्रममा २०७२ साल भदौ ७ गतेको हिंसामा एक वरिष्ठ प्रहरी उपरीक्षक सहित आठ जना प्रहरी सुरक्षाकर्मी र एक डेढ वर्षीय बालकको हत्या भएको थियो। त्यस्तै, भदौ ८ गते भएको व्यापक आगजनी र लुटपाटका घटनामा थारु समुदायका दर्जनौं घर र पसलमा क्षति भएको थियो।