फुलवारीमा मोटरसाईकलको ठक्करबाट एकजनाको मृत्यु , चालकको गम्भीर

धनगढी,०३ बैशाख ।फुलवारीमा मोटरसाईकलले ठक्कर दिदा एकजनाको मृत्यु भएको छ। आज साझ धनगढी उपमहानगरपालिका वडा नम्बर १९ भोजे चोक नजिक फुलबारीमा से १प ५३५० नम्बरको मोटरसाईकलले ठक्कर दिदा पैदल यात्रा गरिरहेकी सोही स्थानकी ५० वर्षीया सरस्वती अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।
सिमा प्रहरी चौकी बहुलिया ,फुलवारीका ईन्चार्ज बिरबहादुर मल्लकका अनुसार अधिकारीलाई उपचारका लागि सेती अञ्चल अस्पताल पु¥याईएकोमा अस्पतालमै मृत्यु भएको हो। यस्तै मोटरसाईकल चालक गोदावरी नगरपालिकाका राम प्रसाद चौधरीको अवस्था गम्भीर रहेको छ। उनको अहिले सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ।