सबैलाई समेट्ने पार्टी काँग्रेस : डा.आरजु राणा देउवा

धनगढी, २ बैशाख
नेपाली काँग्रेसकी नेतृ डा.आरजु राणा देउवाले जनता सबैलाई समेट्ने पार्टी काँग्रेस रहेको बताउनुभएको छ । काँग्रेस लोकतान्त्रीक पार्टी भएकोले सबैको भावन समेट्े भएको सबैलाई काँग्रेसमै गोलबद्ध हुन समते आग्रह उहाले गनुभयो ।
सोमबार धनगढी उपमहानगरपालिका वडा नम्बर ७मा वडा भेला तथा कृयाशिल सदस्यता बितरण कार्यक्रममा सम्बोधन गर्दै उहाले सो कुरा बताउनुभएको हो । देशलाई हाक्न सक्ने पार्टीने काँग्रेस भएको दाबी गर्दै नेतृ देउवाले कम्न्युष्टको कब्जामा सरकार भएकोले देश पुरै अस्तव्यस्त भएको बताउनुभयो । बर्तमान सरकार संबिधानको भावना अनुरुप कुनैपनि काम नगरेको बताउदै दश बर्ष लगाएर बनाएको संबिधान अनुसारनै काम गर्न सरकारलाई आग्रह गर्नुभयो ।
अर्को प्रशंगमा नेतृ देउवाले चुनाव लड्दा मैले सेती अञ्चल अस्पताललाई तिन सय शैयाको अस्पता बनाउ भन्दा पाँच सय शैयाको बनाउछु भन्दै घोषणा गर्ने नारदमुनी राना कता गए उहाको प्रश्न थियो । सुदूरपश्चिम प्रदेशको भविश्य संग जोडिएको सेती अञ्चल अस्पताल बिकास गर्न कसैलाई खेलवाड नगर्न समेत उहाको आग्रह थियो ।
त्यसैगरी कार्यक्रममा धनगढी उपमहानगरपालीका मेयर नृपबहादुर वडले अहिलेको सरकारले धनगढीको बिकासका लागि कुनै काम नगरेको बताउनुभयो । सबै स्थानीय स्तर नगरकै बजेटबाट धनगढीको सबै बिकास गरिरहेको बताउदै अञ्चल अस्पताललाई नगरपालीकाको मातहत भए यसको जिम्मा लिन तयार रहेको बताउनुभयो ।