पत्रकारलाई गुलेलीढुङ्गा हान्न निर्देशन दिने ओली सरकार पत्रकारको पक्षमा छैन : काँग्रेस सभापति देउवा

कृतबहादुर बिष्ट
धनगढी, ५ बैशाख
नेपाली काँग्रेसका सभापति एबं पुर्बप्रधानमन्त्री शेरबहादुर देउवाले बर्तमान सरकारका प्रधानमन्त्री नै पत्रकारलाई गुलेलीढुङ्गा हान्न निर्देशन दिने पत्रकारको पक्षमा नरहेको बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा नेपाल मगर संघको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा पुर्बप्रधानमन्त्री देउवाले भने–‘ढुङगा, गुलेली र लौरोको भन्दा कलममा धेरै गुणा ताकद हुन्छ, यसमा सरकार प्रष्ट भए हुन्छ साँच्चिकै पत्रकारले कलम चलाए सरकार घुडा टेक्न बाध्य हुन्छ ।’
पत्रकारले कलम चलाए ओली सरकार संकटमा पर्न सक्ने बताएका छन् । पत्रकार पक्राउको बिरोधमा पत्रकार महासंघले देशब्यापी आन्दोलन घोषणा गरेकै दिने सभापति देउवाले गृह क्षेत्र धनगढीबाट सरकारबारे कडा टिप्पणी गरेका हुन् ।
सभापति देउवाले बर्तमान सरकार पुर्ण रुपमा असफल भएको बताए । उनले भने–‘ओली सरकार शान्ती सुरक्षा, सुशासन जस्ता चिजमा असफल भएको छ ।’ कंचनपुरकी निर्मला पन्त हत्या प्रशंग उल्लेख गर्दै सभापति देउवाले भने–‘ओली सरकारले बलात्कारीलाई बचाउने काम गरेको छ, यस्तो सरकारबाट जनताले के अपेक्षा गर्छन ।’
देउवाले ओली सरकारले एक बर्षमा भ्रष्टाचार र कर बढाएको आरोप लगाए । सभापति देउवाले नेपालको जनसंख्याको ७ प्रतिशत भन्दा बढी जनसंख्या मगरको रहेकाले पार्टीको आगामी महाअधिवेशनमा मगर प्रतिनिधित्व सुनिश्चित गर्ने आश्वासन समेत दिए ।