तेज बोहरा
कैलाली १६ चैत्र/ नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा ) सुदुरपश्चिम प्रदेश संघको छैटौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिबार होटल सोराई धनगढीमा सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री प्रकाश रावलको प्रमुख आथित्यमा वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सुदूरपश्चिमको आवाज पर्यटनको बिकास भन्ने मुल नाराका लिएर पर्यटन पर्बधनको क्षेत्रमा लामो समय देखी काम गर्दै आएको नाट्टा सदुरुपश्चिमको छैटौ वार्षिक साधारण सभाको औपचारिक कार्यक्रममा बोल्दै राज्य मन्त्री रावलले समग्र प्रदेशको विकासको लागी पर्यटन क्षेत्रमा काम गर्ने संघ संस्थाहरुको अहम भुमिका रहेको बताए । उनले प्रदेश भित्र रहेका प्रमुख पर्यटकिय क्षेत्रहरुको प्रचारप्रसार र विकासको लागी प्रदेश सरकार लागी परेको दाबि गरे ।
त्यस्तै कार्यक्रमका बिशिष्ट अथिती धनगढी उप–महानगरपालीका मेयर नृप वडले पर्यटन क्षेत्रमा काम गर्ने संघ संस्था संग सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाए । उनले सुदूरपश्चिम प्रदेशमा पर्यटन क्षेत्रमा काम गरीरहेका संघ संस्थाहरुको योगदानले प्रदेशको आर्थिक सबृद्धिमा टेवा पुगेको बताए ।
अधिवेशनबाट अध्यक्षमा भट्ट सर्वसम्मत चयन
आजै सम्पन्न भएको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा ) सुदुरपश्चिम प्रदेश संघको अधिवेशनले नयाँ कार्य समिती चयन गरेको छ ।
संघको अध्यक्षमा मायाप्रकाश भट्ट र उपाध्यक्षमा केशव कुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै महासचिव पदम विक्रम सिहं, कोषध्यक्ष धनञ्जय जैशी, सचिव शिवहरी पाण्डे,