धनगढी ३ फागुन
नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाले बर्तमान सरकार भ्रष्ट्राचार तर्फ लम्कदै गरेका आरोप लगाउनु भएको छ ।
बिभिन्न बहानमा आईतबार धनगढी उपमहानरपालिका ११ र १३ नम्बर बडामा काँग्रेस कार्यकर्तालाई कृयाशिल सदस्यता बितरण गर्दै अहिले नेकपाको सरकार जनतामुखी भन्दा पनि कार्यकर्तामुखी भएको आरोप लगाउनुभयो । सुदूरपश्चिम सरकारले मुख्यमन्त्री कपको बहानामा कार्यकर्तालाई रकम बड्दै सरकारको ढुकुटी सकिरहेको उहाको भनाई छ ।
‘दुई तिहाईको दम्भ देखाउदै सरकार जनताका काम शुन्य भएको छ’ नेतृ देउवाले भन्नुभयो–‘यसरी जनतालाई धोका दिदै गैरहेकोले जनस्तरबाट सरकारको भरोसा टुट्दै गएको छ ।’ उहाले आफु कैलाली निर्वाचन क्षेत्र ५बाट पराजित भएपनि जनताका सेवा गर्न कहिले पछाडी नहट्ने समेत दाबी गर्नुभयो ।
निर्वाचनमा अन्तरघात गर्ने कार्यकर्तालाई कुनै हालतमा नछोड्ने बताउदै पार्टी गतिबिधि बिरोध पार्टी भित्रका नेताकार्यकर्ताहरुलाई कार्वाही गरेरै छोड्ने नेतृ देउवाको भनाई छ । अब कुनै समुदाय, जिल्लाका भौगोलीक क्षेत्रियता नारा भन्दा पनि सिदान्तका साथ पार्टीको अभियानामा लाग्नुपर्ने उहाको आग्रह छ ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सदस्य डिल्लीराज पन्तले नेकपाको सरकारले काग्रेस जितेका निर्वाचन क्षेत्रका बजेटनै कम प्राथमिकतामा राखेको आरोप लगाउनुभयो । सुदूरपश्चिम सरकारले कुनै शिर्षक बिनानै डल्लो बजेट राखेर कार्यकर्तामुखी योजना बनाउन लागेको खेलमा रहेको बताए ।
धनगढी उपमहानगरपाललिकाका मेयर नृपबहादुर बडले नगर क्षेत्रका बिकास गर्नमा सदैब लागि परेका बताउनुभयो । जनताका सबै समस्या सामाधान गर्दै नमुना उपमहानगरपालिका बनाउने अनुसार काममा लागि परेको बताउनुभयो । जनताको घरदैलो गएर जनताको समस्या सामाधन गर्नमा आफुबाट कुनै कमी नभएको दाबी गर्नुभयो ।